धनकुटाको लेकाली क्षेत्र तिर हिउँ पर्न शुरु
धनकुटा खबर, मंशिर २८ । धनकुटाको लेकाली क्षेत्र तिर सामान्य हिउँ पर्न शुरु भएको छ ।

शुक्रवार साँझ पानी परे सँगै चिसो वढेको यस जिल्लाको सिधुवा वजार माथिका केही उच्च स्थानमा आज सामान्य हिउँ परेको स्थानियले वताएकाछन् । सिधुवाको हल्हले पटेक डाडा सहितका क्षेत्रमा सामान्य हिउँ परेको सुन्दरमान डङ्गोलले वताउनु भयो । फोटो सुन्दरमान डङ्गोलको सहयोगमा ।


