जिपी फाउण्डेशन प्रदेश १ ले धनकुटाका २ जना छात्रालाई चीन पठाउने
धनकुटा खबर । गिरिजा प्रसाद कोईराला (GP) फाउण्डेशन प्रदेश १ ले धनकुटाका २ जना छात्रालाई औषधि सम्वन्धि एक महिने तालिमको लागि चीन पठाउने भएको छ ।
तालिमका लागि छनौट भएकाहरुमा मारेककटहरेका करुणा कटुवाल र मौनावुधुकका कल्पना चेम्जोङ रहेको फाउण्डेशनका अध्यक्ष ईन्दिरा थापाले जानकारी दिनुभयो ।
चीनको Tso-Ngon (Qinghai) युनिभर्सिटीमा आयुर्वेद चिकित्सा सम्वन्धि तालिम लिएर छनौट भएको खण्डमा उनिहरुले नि;शूल्करुपमा आयुर्वेद चिकित्सक शिक्षा अध्ययन गर्न पाउने जनाईएको छ । अध्यक्ष थापाका अनुसार उनिहरुलाई यही साता त्यस तर्फ पठाउन लागीएको हो ।


