नेत्र ज्योती संघ धनकुटाको सभापतिमा रोशेष श्रेष्ठ

धनकुटा खबर । नेपाल नेत्र ज्योती संघ धनकुटाको सभापतिमा समाजिक अभियन्ता यूवा समाजसेवी रोशेष श्रेष्ठ चयन हुनु भएको छ ।

संघको जिल्लाअध्यक्ष दोर्ण गुरागाई हालै सम्पन्न नेपाल नेत्र ज्योती संघको केन्द्रिय महाधिवेशनबाट केन्द्रिय कोषाध्यक्षमा चयन भएपछि जिल्लाको सभापति पद रिक्त रहेको थियो । रिक्त पद परिपूर्तिका लागि आज वसेको संघको बैठकले श्रेष्ठलाई सभापतिमा चयन गरेको हो ।

नेपाल नेत्र ज्योती संघको केन्द्रिय कोषाध्यक्षमा चयन हुनु भएको दोर्ण गुरागाई र धनकुटा अध्यक्षमा रोशेष श्रेष्ठ,केन्द्रिय सदस्यमा अस्मिका राई र प्रदेश सचिवमा जय निरौला चयन हुनु भएकोमा उनिहरुलाई नेपाल नेत्र ज्योती संघ धनकुटाका सल्लाहकारहरु दामोदर दाहाल, यज्ञ प्रकाश चपागाई, घरेलु तथा साना उद्योग महासंघ धनकुटाका अध्यक्ष विजय सन्तोषी राई, नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ, नेपाल नेत्र ज्योती संघ धनकुटाका सचिव देव खड्का, कोषाध्यक्ष पुरेन्द्रलाल श्रेष्ठ, सह कोषाध्यक्ष जयन्द्र प्रधान, सदस्यहरु प्रकाश श्रेष्ठ, सुनिल डंगोल, आँखा अस्पतालका अध्यक्ष लिला मिश्र, दुर्गा अधिकारी, नेपाल नेत्र ज्योती संघ धनकुटा डा. राम प्रसाद पोखरेल आखा अस्पतालका व्यवस्थापक चित्र कर्ण, डा राजसी श्रेष्ठ, इशा विष्ट, डोनराज गुरुङ्ग, देवराज पोखरेल लगायतले फुल माला तथा अवीर लगाई दिई सम्मान गर्दै बधाई ज्ञापन गरेकाछन्।

कार्यक्रम संघका सभापति रोशेष श्रेष्ठको अध्यक्षमा सम्पन्न भएको थियो भने कार्यक्रमको सञ्चालन सचिव देव वहादुर खड्काले गर्नु भएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।