धनकुटामा पनि फोटो पत्रकार महासंघ गठन
धनकुटा खबर । धनकुटामा आज बसेको पत्रकारको भेलाले फोटो पत्रकार महासंघ गठन गरेको छ ।

भेलाले ७ सदस्य फोटो पत्रकार महासंघ गठन गरेको हो यसको अध्यक्षमा रमेशचन्द्र अधिकारी, उपाध्यक्षमा शर्मिला राई सचिबमा कविराज घिमिरे, सहसचिवमा इश्वर थापा, कोषाध्यक्षमा मानवी तामाङ्ग लाई चयन गरेको छ ।
त्यस्तै सदस्यहरुमा विकास घिमिरे र नरेन्द्र राई रहनु भएको छ भने सल्लाकारमा नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठ रहनु भएको छ भने केन्द्रिय प्रतिनिधीमा नगेन्द्र राई चयन हुनु भएको छ ।


