८ दिन बितिसक्दा पनि उद्योग बाणिज्य संघ धनकुटाको ताला खुलेन, थपियो ताला माथी अर्को ताला
धनकुटा खबर, १ पुष । ताला लागेको ८ औं दिन बितिसक्दा पनि उद्योग बाणिज्य संघ धनकुटाको कार्यलयमा लागेको ताला खुल्न सकेको छैन् ।

मंसिर २३ गते भएको ४५ औं महासंघको साधारण सभामा आफ्ना माग राख्दा राख्दै बन्द सत्र सुरु गरिएको र नयाँ व्यावसायी र नविकरण गर्न छुटेका व्यावसायी लाई संगठित हुने अवसरबाट बञ्चित गरिएको भन्दै उद्योग बाणिज्य संघ धनकुटाको कार्यलयमा केहि व्यावसायीहरुले ताला लगाएका थिए ।
स्थानिय प्रशासनको अग्रसरताम मंसिर २५ गते र २६ गते भएको राजनैतिक दल र सरोकार बालाको बर्तामा कुनै सहमती नभए पछि ताला नखुलेको हो । लोकतान्त्रिक समुहले पनि निर्वाचन गराउन माग गर्दै फेरी ताला लगाए पछि उद्योग बाणिज्य संघको निर्वाचन अनिश्चित बनेको छ ।


