शैक्षिक भ्रमण स्थलको रुपमा समेत विकास हुँदै पाख्रीवासको तालतलैया
धनकुटा खबर । पाख्रीवास ४ सिमसार (तालतलैया) क्षेत्र पछिल्लो समय शैक्षिक भ्रमण स्थलको रुपमा समेत विकास हुदै गएको छ । यहाँ अहिले विभिन्न विद्यालयका शिक्षक विद्यार्थीहरु भ्रमणका लागि आउने गरेकाछन् । यहाँ आएर यो सिजनमा विद्यार्थी र अन्य पर्यटक सहित दैनिक हजार, पन्ध्रयस जनाले वोटिङ गर्ने गरेका छन् ।
पर्यटकहरुलाई नै लक्षित गरि वोटिङ सेवा सञ्चालन गरिए सँगै आगन्तुकको आवागमन पनि वृद्धी हुँदै गएको छ । समून्द्र सतहदेखी झण्डै १८ सय मिटर माथिको उचाईमा अवस्थित यो तालतलैया क्षेत्रमा आउने पर्यटकहरुले भौगोलिक हिसावले हरियाली चियावगानको दृष्य अवलोकन गर्न पाउनुका साथै वोटिङ अर्थात डुङ्गा शयर गर्न पाउने गरेकाछन् ।
यहाँ पीकनीक खान आउनेहरुका लागि पनि उत्तिकै सेवा सुविधा उपलव्ध गराईन्छ । यस तालतलैया क्षेत्रमाअहिले विभन्नि विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक भ्रमण समेत ल्याउने गरिएको छ ।

भौगोलिक,धार्मिक तथा प्राकृतीक हिसावले समेत निक्कै अर्थपूर्ण र रमाईलो यस ठाउँमा विद्यार्थीहरुलाई भ्रमण ल्यादा असाध्यै रमाईलो मान्ने गरेको छथरजोरपाटी गाउँपालिका २ सल्ले लक्ष्मी मावि धनकुटाका सह–प्रधानाध्यापक गणेश कुमार पिठाकोटे मगरको भनाई छ ।
फरक शैक्षिक सत्रका कक्षा ५ का विद्यार्थीहरुलाई भ्रमणका लागि लिएर दोश्रो पटक यहाँ आउनुभएका सह–प्रधानाध्यापक मगरका अनुसार सिमसार तालतलैया क्षेत्रमा विद्यार्थीहरु वढी मात्रमा रमाउने गर्दछन् ।
यहाँ डुंगा शैर देखी धार्मिक हिसावले भगवान गौतम वुद्ध,शिव, कालिको दर्शन, वाँदर, खरायो, चील जस्ता वन्य जन्तुहरुको प्रतिमूर्ति हेर्दै हरियाली चियावगानमा रमाउन पाउने भएकोले पनि अन्य स्थानमा भन्दा यहाँ वालवालिकाहरु वढी खुशी हुने गरेको उहाँले वताउनुभयो ।
झण्डै २५ रोपनी क्षेत्रफलमा फैलिएको सिमसार क्षेत्रलाई व्यवस्थित वनाउदै जाने क्रममा अहिले फ्रि वाईफाईको सेवा समेत सञ्चालनमा ल्याई सकिएको छ भने खान वस्नका लागि नजिकैमा सुविधा सम्पन्न रिसोर्ट पनि खुलिसकेको छ । यी सेवा सञ्चालन भएपछि अझ सहजभएको पर्यटकहरुको भनाई छ ।


