अंग्रेजी नयाँ बर्षमा भेडेटारमा खाना महोत्सव हुने
विकास घिमिरे , धनकुटा खबर, ७ पुस । प्रदेश न. १ कै उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा परिचित धनकुटाको भेडेटारमा अंग्रेजी नयाँ बर्ष सन् २०२० को अवसर खाना महोत्सव हुने भएको छ । होटल एशोसिएशन भेडेटारको आयोजनामा गरिने महोत्सव आउदो पुष १५ देखि १७ गतेसम्म संचालन हुनेछ ।
आयोजक भेडेटार होटल एशोसिएशन अफ भेडेटारले सोमबार पत्रकार सम्मेलन गर्दै पुस १५ देखि १७ गते सम्म अंग्रेजी नयाँ बर्ष सन् २०१२० को अवसर पारेर खाना महोत्सव आयोजना गर्न लागेको एशोसिएशनका अध्यक्ष जितेन्द्र रुम्दाली राईले जानकारी ।
विगत आठ वर्ष देखि आयोजना हुँदै आइरहेको महोत्सवमा स्थानीय खानाका परिकार, स्थानीय अर्गानिक खेतीवाट उत्पादित तरकारी तथा फलफुलको प्रदर्शनी, हस्तकला, कृषि तथा घरेलु सामाग्रीहरु प्रर्दशनीमा राखिने छ ।

सन् २०२० को अवसरमा आगामी पुस १५, १६ र १७ गते हुने फेस्टिवलमा आउने पाहुनालाई बस्नको लागि भेडेटारका होटलहरुले १० प्रतिसत छुटदिने भएको छ । स्थानिय होमस्टे लगाएतका होटल र स्टलहरुमा राई मगर, लिम्बु गुरुङ्ग, याम्फु लगाएत स्थानिय १० जातीका परम्परागत खानाका परिकार दिने तयारी गरीएको आयोजकले जनाएको छ ।
पर्यटनबर्ष २०२० को अवसरमा भेडेटारबाट सुनसरीको धरानसम्म प्याराग्याईडिङ र माउन्टेन वाईकको घोडचडि विशेष आकर्षण रहेकाछन् । भेडेटारमा हुने फुडफेस्टिबल संगै पाथिभर मन्दिर नमस्ते झरना साथै ऐतीहाँसिक साँगुरी गढि घुम्ने प्याकेज तयार गरिएको छ । तमोर नदिको मुलघाट देखि सुनसरीको चतरासम्म ¥याफ्टीङ सेवा लगाएत आसपासको क्षेत्रमा रहेका धार्मिक तथा पर्यटकिय क्षेत्रसम्म पुग्न प्याक बताए । विषेश गरी भारतीय पर्यटकको आर्कषणको केन्द्रको रुपमा विकास हुँदै गरेको भेडेटारमा हुने फेस्टिबलमा यसवर्ष ३० हजार आन्तरिक तथा वाह्रय पर्यटक भित्राउने तथा एक करोड रुपैंया बरावरको आर्थिक कारोवार गर्ने योजना रहेको अध्यक्ष रुम्दालीको भनाई रहेकोछ ।
पर्यटकको मनोरन्जनका लागि फेस्टिबलमा राष्ट्रिय र स्थानीयस्तरका कलाकारहरुको गीत नृत्य प्रस्तुती समेत रहने भएकाछन् । भेडेटार क्षेत्रका साँगुरीगडीलगाएत पाथीभारा मन्दिर, शंखेश्वर महादेवको मन्दिर, नाम्जेमा रहेको आत्माघर, शैलुङडाँडाभ्यूटावर, थुम्की बौद्धविहार गुम्बा, जनजाती पार्क लगायतका ठाउँसम्म पर्यटक लैजाने ३ दिने प्याकेज बनाइएको छ । यसै गरि माउण्टेन प्mलाईटको हेलिकप्टरबाट ताप्लेजुङ्गको पाथिभरा मन्दिर एवं माउण्टेन प्mलाईटको समेत व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ ।


