टंक मावि धनकुटाको ६६ औं वार्षिकोसवमा विद्यार्थीलाई टिफीन वक्स र झोला वितरण
धनकुटा खबर, पौष ११ । धनकुटाको श्री मान टंक माद्यमिक विद्यालयले आज विभिन्न कार्यक्रमको आयोजना गरि आफ्नो ६६ औं वार्षिकोसव भव्यताका साथ मनाएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रलाल तामाङको अध्यक्षता तथा धनकुटा नगरपालिकाका शिक्षा शाखा प्रमुख नगेन्द्रमणी श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नर वहादुर विश्वकर्माले वार्षिक शैक्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
धनकुटा २ भीरगाउँ स्थितको यो विद्यालयको प्रस्तुत प्रतिवेदन अनुसार शैक्षिक प्रगति सुधारोन्मुख रहेको प्रधानाध्यापक विश्वकर्माले जानकारी दिनुभयो । वार्षिकोत्सवको अवसरमा धनकुटा नगरपालिकाको सहयोग तथा विद्यालयको आमा समूहको पहलमा कक्षा नर्सरी देखी ५ सम्मका १ सय ३८ जना विद्यार्थीहरुलाई टिपीनकरी (टिफीन वक्स) वितरण गरिएको छ ।

भने यु के जी का १६ जना विद्यार्थीलाई आमा समूह कै आर्थिक सहयोगमा व्याग वितरण गरिएको छ । त्यस्तैगरी मोनि अक्षकोष मार्फत कक्षा १,२ र ३ का ३४ जना विद्यार्थीलाई पनि स्कूल व्याग वितरण गरिएको विद्यालयले जनाएको छ । विद्यालयका शिक्षक तथा कर्मचारीहरु अम्मर वहादुर घिमिरे,पुष्कर गुरागाई, ईन्दिरा कार्की, वावुराम शर्मा, राजीव पीठाकोटे र राम वहादुर थापालाई वर्ष कै उत्कृष्ठ शिक्षक तथा कर्मचारीको रुपमा धनकुटा नगरपालिका २ नं वडाले सम्मान गरेको छ ।
कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्रालयवाट सञ्चालित कार्यक्रम “म अघि वढ्छु” अन्र्तगतको सगरमाथा टिन्स क्लव धनकुटाका मुख्य प्रशिक्षक पदम रखाल मगरले लोगो वितरण गर्नुभएको थियो भने NEGRP कार्यक्रम अधिकृत हुसाडेक नेपालका गोकुल घिमिरे,खानेपानीदाता गणेश तामाङ र वर्षभरीमा विद्यालयमा सवैभन्दा धेरै उपस्थिती जनाउनुहुने अभिभावक युवादेवी थापालाई पनि सम्मान गरिएको थियो ।
धनकुटाका पुर्ननिर्माण आयोजना प्रमुख शम्भु पाण्डे,पेशागत महासंघ प्रदेश १ का महासचिव यज्ञ प्रकाश चापागाई लगायतको उपस्थिती रहेको कार्यक्रममा स्वागत मन्तव्य सह-प्रधानाध्यापक पुष्कर गुरागाईले राख्नुभएको थियो । सञ्चालन शिक्षक सशोज दाहालले गर्नुभएको थियो । कार्यक्रममा विद्यालयले सञ्चालन गरेको भलिवल,नृत्य,कवर्डी लगायत प्रतियोगिताका विजयी विद्यार्थीहरुलाई पुरस्कृत समेत गरिएको थियो ।


