हिले क्याम्पस धनकुटामा सिसि क्यामरा जडान गरियो

धनकुटा खबर, पौष १६ । धनकुटा नगरपालिका १ हिलेको हिले क्याम्पसमा सिसि क्यामरा जडान गरिएको छ । माछापुच्छ्रे बैंक हिले शाखाको आर्थिक सहयोगमा क्याम्पसमा ४ वटा सिसि क्यामरा जडान गरिएको हो ।

बैंकको सामाजिक उत्तर दायीत्वको भूमिका भूमिका अन्र्तगत करिव २० हजार लगतमा खरिद गरि क्याम्पसमा जडान गरिएको क्यामराको आज एक कार्यक्रमको वीच समुद्घाटन गरिएको छ ।

धनकुटा नगरपालिकाका प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि चिन्तन तामाङ, वडाध्यक्ष निरेन तामाङ र माछापुच्छ्रे बंैक शाखा कार्यलय हिलेका प्रवन्धक विपुल पौडेलले संयुक्त रुपमा समुद्घाटन गर्नुभएको सहायक क्याम्पस प्रमुख प्रदिप फुयालले जानकारी दिनुभयो ।

क्याम्पस सञ्चालन समितिका सम्पूर्ण पदाधिकारी उपस्थित भएको कार्यक्रममा क्याम्पस प्रमुख तारानाथ मिश्रले क्याम्पसको कार्य सम्पादनको विषयमा जानकारी गराउनुभएको थियो भने सहायक क्याम्पस प्रमुख फुयालले क्याम्पसको रणनीतिक योजना वाचन गर्दै सञ्चालक समितिलाई पेश गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन शिक्षक दिपक घिमिरेले गर्नुभएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।