धनकुटाको मुढेवासमा नवनिर्मित स्वास्थ्यचौकी भवनको उद्घाटन गरियो
धनकुटा खबर, पौष १७ । धनकुटाको चौविसे गाउँपालिका वडा नं २ मुढेवासमा नवनिर्मित स्वास्थ्यचौकी भवनको आज उद्घाटन गरिएको छ ।
नेपाल सरकार सहरी विकास मन्त्रालयको १ करोड ६१ लाख ७८ हजार ५ सय ९४ रुपयाँ वरावरको लागतमा निर्मित एक तले स्वास्थ्य चौकी भवनको आज एक कार्यक्रमको वीच संघीय संषद राजेन्द्र कुमार राईले रिवन का’टेर उद्घाटन गर्नुभएको हो ।
चौविसे गाउँपालिका वडा नं २ का अध्यक्ष तथा स्वास्थ्य चौकी व्यवस्थापन समितिका संयोजक ममिन्द्र कुमार लिम्वुको अध्यक्षतामा सञ्चालित स्वास्थ्य चौकी भवन उद्घाटन कार्यक्रममा वोल्दै संघीय संषद राईले मानिसका अनिवार्य आवश्यक्ताका कुरा स्वास्थ्य, शिक्षा लगायतको सेवा तल्लो तह का जनता सम्म पुर्याउन सके मात्र अन्य भौतिक विकास निर्माणको कुराले गति लिने वताउनुभएको छ ।
स्थानिय स्तरका समूदायलाई स्वास्थ्य सेवा सहज रुपमा दिने लक्ष अनुसार यहाँ स्वास्थ्य चौकी भवन निर्माण गरिएको भन्दै उहाँले अहिले तीन तहको सरकार हुनु नै विकासले गति लिनु हो भन्नुभयो ।
त्यस्तैगरी १ नं प्रदेश संषद निरन राईले चौविसे गाउँपालिकावडा नं ८ सम्मेवामा चाडै आवासिय विद्यालय वन्ने वताउनुभएको छ । जसका लागि प्रदेश सरकारवाट वजेट समेत विनियोजन भईसकेको उहाँले वताउनुभएको नेपाल कम्युनिष्ट पाटी नेकपाका चौविसे गाउँपालिका प्रचार प्रसार विभाग प्रमुख शालिग्राम पौडेलले जानकारी दिनुभयो । उहाँले अव विद्यालयहरुले व्यवसायीक शिक्षा लाई प्राथामिक्ता दिनुपर्ने धारणा राख्दै शैक्षिक पाठ्क्रम समेत त्यस्तै वन्न आवश्यक रहेको वताउनुभयो ।
कार्यक्रममा गाउँपालिका प्रमुख खजिन्द्र राईले चोविसे गाउँपालिकामा भईरहेको विकास निर्माणका कामकोवारेमा जानकारी गराउनुभएको थियो । घरमा सुत्केरी हुने वा गराउने अवस्थाको अन्त्य गराउन सम्पुर्ण सर्वसाधारणलाई स्वास्थ्य संस्थामा आई सु’त्केरी गराउन कार्यक्रम कै अवसरमा सचेत गराईएको छ ।
कार्यक्रममा गाउँपालिका उप प्रमुख यज्ञ कुमारी रुचाल, वुद्धीजीवि तथा समाजसेवीहरु देवेन्द्र तुम्छा,चिन्तामणी पौडेल लगायतले मन्तव्य राखेका थिए भने सोही अवसरमा स्वास्थ्यचौकी भवन निर्माणका लागि जग्गा प्रदान गर्नुहुने र अन्य सहयोग गर्नुहुने महानुभावहरुलाई प्रमाणपत्र प्रदान गर्दै दोसल्ला ओढाएर सम्मान पनि गरिएको थियो ।
कार्यक्रममा स्वास्थ्य कार्यलय धनकुटाका निमित्त स्वास्थ्य प्रमुख तुलसी प्रसाद गुरागाई,गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक तीर्थ वस्नेत लगायत छिमेकी वडाका वडाध्यक्ष,विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनीधिहरुको उपस्थिती थियो ।


