नेपाल रेडक्रस शोसाईटी सिधुवा उप–शाखाको ७ औं वार्षिक साधारण सभा सम्पन्न

शर्मिला राई, धनकुटा खबर, पौष १८ । नेपाल रेडक्रस शोसाईटी सिधुवा उप–शाखाको ७ औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ ।

छथरजोरपाटी गाउँपालिका प्रमुख शेर वहादुर लिम्वुको प्रमुख आतिथ्य तथा नेपाल रेडक्रस शोसाईटी सिधुवा उप–शाखाका सभापति निल वहादुर थापाको अध्यक्षतामा सञ्चालित साधारणसभामा गत भाद्र ७ गते यस उपशाखाले आयोजना गरेको रगत संकलन (व्ल’ड डोनेशन) कार्यक्रममा आर्थिक तथा सामाग्री सहयोग गर्ने संघ संस्था तथा महानुभावहरुलाई सम्मान गरिएको छ ।

उनिहरुलाई कदरपत्र प्रदान गर्दै सम्मान गरिएको नेपाल रेडक्रस शोसाईटी सिधुवा उप-शाखाका सचिव सुन्दरमान डङ्गोलले जानकारी दिनुभयो । साथै सोही दिन व्ल’ड डोनेसन गरेका ७० जना महानुभावहरुलाई व्ल’ड डोनेसन कार्ड समेत वितरण गरिएको छ । साधारणसभामा संस्थाका कोषाध्यक्ष नविन श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने यस वर्षको सांगाठनिक प्रगति प्रतिवेदन सचिव डङ्गोलले गर्नुभएको थियो ।

साधारणसभामा छथरजोरपाटी गाउँपालिका प्रमुख शेर वहादुर लिम्वु, सोही गाउँपालिका वडा नं ५ का अध्यक्ष सुरेन्द्र कुमार लिम्वु, सहकारीहरुको तर्फवाट सगरमाथा दुग्ध चिस्यान केन्द्रका अध्यक्ष प्रेमप्रससाद ढकाल,सिधुवा वजार व्यवस्थापन समितिका अध्यक्ष शिव कुमार श्रेष्ठ,कृषीजोन सञ्चालक समिति सिधुवाका अध्यक्ष मेघ वहादुर खड्का,नेपाल रेडक्रस शोसाईटी चुलाचुली उप–शाखाका सभापति शारदा प्रसाद दाहाल र लगायतले मन्तव्य राखेका थिए ।

साधारण सभामा स्वागत मन्तव्य संस्थाका उप–सभापति डिक वहादुर खड्काले राख्नुभएको थियो । नेपाल रेडक्रस शोसाईटी उप–शाखामा पुरुष १ सय १८ र महिला १२ जना गरी जम्मा १ सय ३० आजीवन सदस्य रहेको उपशाखाले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖