धनकुटाको गुरासेस्थित प्राविलाई २ लाख दिने मेयर तामाङको घोषणा

शर्मिला राई, धनकुटा खबर, पौष २० । धनकुटा २ गुरासे स्थितको चन्द्र प्राथामिक विद्यालयलाई धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले २ लाख उपलव्ध गराउने घोषणा गर्नुभएको छ ।

विद्यालयको आज सम्पन्न ४५ औ वार्षिकोत्सव तथा १४ औ फत्त स्मृती दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै उहाँले नगरको तर्फवाट विद्यालयको लागि उल्लेखित रकम उपलव्ध गराउने घोषणा गर्नुभएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भक्त वहादुर राना मगरको अध्यक्षतामा सञ्चालित कार्यक्रममा नगर प्रमुख तामाङले विद्यालयको टिनको छानो व्यवस्थापन गर्ने आउँदो वर्ष त्यस विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई नगरपालिकावाट न्यानो कपडा वितरण गरिने समेत वताउनुभयो । विद्यालयका प्रधानाध्यापक लक्ष्मी प्रसाद लामिछानेले विद्यालयको समस्या राखेपछि नगर प्रमुख तामाङले त्यस्तो वताउनुभएको हो ।

कार्यक्रममा प्रधानाध्यापक लामिछानेले १५ लाख ७५ हजार ४ सय ९४ रुपयाँ वरावरको वार्षिक आय व्यय विवरण प्रस्तुत गर्दै विद्यालयको छानो तथा भनव जीर्णोद्धार, विद्यार्थीहरुको लागि दिवा खाजाको व्यवस्था गर्न व्यवस्थापक र नगर समक्ष माग गर्नुभएको थियो ।

सोही अवसरमा विद्यालयले विद्यलय संस्थापक स्व.चन्द्र वहादुर कार्कीको वुहारी रत्नमाया कार्की र पूर्व प्रधानाध्यापक कृष्ण वहादुर भट्टराईलाई प्रमाण पत्र प्रदान गरी दोसल्ला ओढाएर सम्मान गरेको छ । कार्यक्रममा स्व.चन्द्र वहादुर कार्कीको परिवारले विद्यालयका २२ जना विद्यार्थीहरुलाई न्यानो कपडा २४ थान कपी डटपेन वितरण गरिएको थियो भने मारवाडी सेवा समाज हिलेको तर्फवाट पनि स्वेटर वितरण गरिएको थियो ।

वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा विद्यार्थीहरु वीच वेलुन फुटाई,चम्चा दौड र अभिभावक वीच हाडी फुटाई खेल खेलाईएको थियो । यी खेलहरु मध्ये वेलुन फुटाईमा दिपेन्द्र राना पहिलो, सुसन राना देश्रो र पुजा कार्की तेश्रो भएकाछन् । त्यस्तै चम्चा दौडमा मूना शेर्पा पहिलो,अंशु राना दोश्रो र अनिता राना तेश्रो भए । हाडी फुटाई खेलमा अभिभावक भक्त वहादुर राना मगर विजयी हुनुभएको छ ।

कार्यक्रममा स्वागत मन्तव्य विद्यालयका शिक्षक शान्ति लिम्वुले राख्नुभएको थियो । सञ्चालन वेणी माधव भट्टराईले राख्नुभएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।