धनकुटाको चौविसेमा नेकपाको कार्यकर्ता भेला तथा प्रशिक्षण अ’भियान स’म्पन्न

धनकुटा खबर, पौष २१ । नेपाल कम्युनिस्ट पाटी (नेकपा)को तीन महिने पाटी कार्यकर्ता भेला तथा प्रशिक्षण अभियान अन्तर्गत आज धनकुटाको चौविसे गाउँपालिका ८ वसन्तटार सोक्रोप्पामा १ दिने कार्यकर्ता प्रशिक्षण तथा पाटीका जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

पार्टीका ८ नं वडा कमिटी अध्यक्ष वुद्धवीर लिम्वुको अध्यक्षता भएको कार्यक्रममा १ नं प्रदेश संसद तथा कार्यक्रमका प्रमुख अतिथि निरन राईले जनताको आधारभुत आवश्यक्ताका कुरा जस्तै शिक्षा स्वास्थ्य लगायतको विकासलाई अहिले सरकारले प्राथामिक्तामा राखेको वताउनुभएको छ ।

आधारभूत आवश्यकताका कुराको विकास नभई अन्य विकासले गति लिन नसक्ने भएकोले अहिले सरकारले जनताका आधारभूत कुराको विकासलाई जोड दिएको स्पष्ट पार्नुभएको नेकपा चौविसेका प्रचार प्रसार विभाग प्रमुख शालिग्राम पौडेलले जानकारी दिनुभयो । जनताको आय स्तर उकास्न प्रदेश सरकाले स्थानिय सरकार सँग सहकार्य गरेर अघि वढ्ने समेत उहाँले जानकारी गराउनुभयो ।

कार्यक्रममा पार्टीका ६७ जना जेष्ठ नागरिकहरुलाई प्रमाण पत्र वितरण गर्दै दोसल्ला र टोपी ओढाएर सम्मान गरिएको छ । सोही अवसरमा राप्रापा र नेपाली कंग्रेस परित्याग गरि ३ जना नेकपामा प्रवेश गरेको जनाईएको छ ।

सम्मानित हुने र पार्टी प्रवेश गर्नेहरुलाई कार्यक्रमका प्रमुख अतिथि तथा अतिथिहरुले सम्मान एवम् पार्टी प्रवेश गराएका थिए । कार्यक्रममा चौविसे गाउँपालिका प्रमुख खजिन्द्र राई, पार्टीका जिल्ला कमिटी सचिवालय सदस्य तथा चौविसे गाउँपालिका सह ईञ्चार्ज भूमिराज देवान आधुनिक गाउँ कमिटी सचिव राज कुमार चेम्जोङ्ग लगायतले मन्तव्य राखेका थिए । स्वागत मन्तव्य वडाध्यक्ष धन वहादुर लिम्वुले राख्नुभएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖