धनकुटाको पाख्रीवास-फलाटे-अधेरीघा’ट सडक स्तरोन्तीको काम चुस्त र प्रभावकारी

शर्मिला राई, पौष २२, धनकुटा खबर । धनकुटाको पाख्रीवास-फलाटे-अधेरीघा’ट सडक खण्डको आज अनुगमन गरिएको छ ।

संघीय सरकारको १ करोड लगानीमा स्तरोन्नतीको काम भईरहेको १९ किलो मिटर वढीको यो सडक खण्डको पाख्रीवास नगरपालिका प्रमुख वृष वहादुर राई नेतृत्वको टोलिले अननुगमन गरेको हो ।

अनुगमनको क्रममा सडक स्तरोन्तीको काम चुस्त र प्रभावकारी रुपमा भईरहेको पाईएको नगर प्रमुख राईले जानकारी गराउनुभयो । उहाँका अनुसार यो आर्थिक वर्ष भित्र स्तरोन्नती गरिसक्नु पर्ने यो सडकको काम अहिले सम्म ७५ प्रतिश पूरा भईसकेको छ । बाँकी काम पनि झण्डै एक महिना भित्रै सकिने देखिएको उहाँले वताउनुभयो ।

अनुगमन टोलिमा नगर प्रमुख राई सहित सम्वन्धित वडाका वडाध्यक्ष तथा पाख्रीवास नगरपालिकाका प्राविधिहरुको सहभागीता थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।