नेपाल रेडक्रस सोसाईटी पाख्रीवास १० चुङमाङमा नयाँ कार्य समिति चयन

धनकुटा खबर, पौष २६ । नेपाल रेडक्रस सोसाईटी चुङमाङ उपशाखा पाख्रीवास १० को ८ औ वार्षिक साधारणसभा तथा तेश्रो निर्वाचन सभाले ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।

पाख्रीवास नगरपालिका वडा नं १० का वडाध्यक्ष हरि वहादुर खत्रीको प्रमुख आतिथ्यमा सञ्चालित सभाले उप-शाखाको सभापतिमा कुमार सुवेदी, उपसभापतिमा महानन्द पोखरेल, सचिवमा डम्वर वहादुर सिंजाली सहसचिवमा ऋषीराम पराजुली र कोषध्यक्षमा हिरा पराजुलीलाई चयन गरेको छ ।

समितिका अन्य सदस्यहरुमा टिका प्रसाद वास्कोटा,भेषनारायण रेग्मी,प्रेम प्रसाद पोखरेल,कल्पना राई,रामदेवी पोखरेल र शिव प्रसाद सुवेदी रहेकाछन् । सभामा अध्यक्ष सुवेदीले १ लाख १२ हजार २ सय ८ रुपयाँ वरावरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

प्रस्तुत प्रतिवेदन अनुसार ५७ हजार १ सय ६६ रुपयाँ खर्च र ५५ हजार ४२ रुपयाँ वचत रहेको छ । सभामा वोल्दै प्रमुख अतिथि १० नं वडाध्यक्ष खत्रीले उपशाखाको भौतिक संरचना र कम्पाउण्ड निर्माणका लागि वडाले सहयोग गर्ने उद्घोष गर्नुभएको छ ।

सभाको सञ्चालन उपशाखाका सचिव डम्वर सिंजालीले गर्नुभएको थियो भने स्वागत मन्तव्य उपसभापति महानन्द पोखरेलले गर्नुभएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।