धनकुटाको चौविसेमा ३२ जनालाई सहकारी तालिम
धनकुटा खबर, पौष २६ । धनकुटाको चौविसे गाउँपालिका वडा नं २ मुढेवासमा सञ्चालित सहकारी लेखा व्यवस्थापन सम्वन्धि ३ दिवसिय साक्षरता तालिम अाज सकिएकाे छ ।
दिप ज्योति ट्रेनिङ एण्ड रिसर्च कम्पनी प्रा लि को आयोजना तथा चौविसे गाउँपालिकाको सहयोगमा सञ्चालित तालिममा त्यहाँका सहकारीहरुमा सम्वद्व ३२ जनालाई तालिम दिईएकाे थियाे ।
तालिम समापन कार्यक्रममा वाेल्दै चाैविसे गाउँपालिका वडा नं २ का अध्यक्ष ममिन्द्र कुमार लिम्वुले सहकारीहरुकाे समृद्वी र विकासका लागि अाफुले सक्दाे सहयाेग गर्ने वताउनुभयाे । तालिम अायाेजक संस्थाका सदस्य साेम प्रसाद भण्डारीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा सहभागीहरुकाे तर्फवाट शालिग्राम पाैडेल र तुला कुमारी मगरले मन्तव्य राखेका थिए ।
तालिममा सहभागीहरुलाइ वडाध्यक्ष लिम्वुले प्रमाणपत्र वितरण गर्नुचएकाे थियाे । तलिमको सहजीकरण आयोजक संस्थाका सदस्यहरु गोकुल लुईटेल र ईन्द्र वहादुर अधिकारी लगायतले गरेका थिए ।
कार्यक्रममा जनप्रतिनीधि विमला दर्जी लगायत विभिन्न संघ संस्थाका प्रतिनीधिहरुको उपस्थिती थियो । सञ्चालन गाेकुल लुईटेलले गर्नुभएकाे थियाे ।


