धनकुटाका ५ होटलमा गुणस्तरको स्टिकर टाँसियो, कुन होटलले कुन स्तर पाए ? हेर्नुहोस्
धनकुटा खबर, २८ पुष । धनकुटा सदरमुकामका ५ वटा होटललाई गुणस्तरको आधारमा स्टिकर टाँस गरिएको छ । खाद्य स्वच्छताको आधारमा होटेल रेष्टुरेन्ट स्तरकिरण गर्ने सम्बन्धि निर्देशिका २०७४ को मापदण्डमा परेका ५ वटा होटेलमा गुणस्तर स्तरिकरण स्टिकर टाँसिएको हो ।
होटल मध्ये होटल मकालु र होटल मुर्चुङ्गा खाद्य स्वच्छताको आधारमा होटेल रेष्टुरेन्ट स्तरकिरणको उत्तममा परेका छन । त्यस्तै होटल चिफ एण्ड वेष्ट सन्तोजनक , सुरभी र अञ्जुली समान्य स्तरीकरणमा परेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यलय धनकुटाका प्रमुख शिवशंकर मिश्रले जानकारी दिनुभयो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यलय धनकुटाको आयोजनामा प्रमुख जिल्ला अधिकारी डा कृष्णबहादुर घिमिरे सहितको टोलीले धनकुटा बजारमा सञ्चालित होटलको अनुगमन गरेको हो । यो कार्याक्रम खाद्य ऐन २०२३ को नियमावली २०२७ को खाद्य स्वच्छताको आधारमा होटल रेष्टुरेण्ट स्तरिकरण सम्वन्धि निर्दे्शिका २०७४ अनुसार गरिएको हो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी डा कृष्णबहादुर घिमिरे ,करदाता सेवा कार्यालय धनकुटा प्रमुख रमेश ढकाल, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यलयका प्रमुख शिवशंकर मिश्र, राष्ट्रिय उपभोक्ता मञ्च धनकुटाका अध्यक्ष विपिन कुमार श्रेष्ठ, उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष घनेन्द्र न्यौपाने ,क्षेत्रीय होटल एशोसिएशन धनकुटाका अध्यक्ष खगेन्द्र कुमार विष्ट, जिल्ला प्रहरी कार्यालयका प्रतिनीधि तथा संचारकर्मी लगायतको उपस्थीति रहेको थियो ।


