ज्येष्ठ नागरिक संघ धनकुटाले मनायो ‘दैनिक दिवा सेवा कार्यक्रम’को चौथो बार्षिक उत्सव
धनकुटा खबर, माघ २ । ज्येष्ठ नागरिक संघ धनकुटाले अाज दैनिक दिवा सेवा कार्यक्रमको चौथो बार्षिक उत्सव मनाएकाे छ ।
जिल्ला समन्वय समितिका सह-संयाेजक बंगला राईकाे प्रमुख अातिथ्य तथा संघका अध्यक्ष राम वहादुर श्रेष्ठकाे अध्यक्षतामा भएकाे कार्यक्रममा ज्येष्ठ नागरिक सम्बन्धि गीत तथा भजन प्रस्तुत गरीएको थियो ।
१५ जनाले भजन प्रस्तुत गरेकाे मध्ये तुलसा दाहाल पहिलाे, अप्सरा दाहाल दाेश्राे र मूना श्रेष्ठ तेश्राे भएकाछन् । भने ईन्दिरा राई, राजकुमारी प्रधान, सिता वस्नेत , चन्द्रकला वस्नेत शान्त्ना भएकाछन् ।
यस्तै गीत तर्फ बिष्णुमाया बराल प्रथम, निर्मला बराल द्धितीय र ईन्द्र बहादुर ढुङ्गेल तृतीय भएकाछन् । भने हिरामाया नेवा खड्गी र ईन्दिरा ढुङ्गेल शान्त्वना भएकाछन् ।
उनिहरुलाई नगद पुरस्कार प्रदान गरिएको छ । कार्यक्रम कै अवसरमा सञ्चालन गरिएकाे गाउँखाने कथा प्रतियोगिता तर्फ रुक्मिणी पोखरेल श्रेष्ठ, निर्मला बराल र लक्ष्मी अधिकारी बिजयी भएकाछन् । उनिहरुलाई पनि आकर्षक पुरस्कार वितरण गरिएको जेष्ठ नागरिक संघ धनकुटाले जनाएकाे छ ।
दिवा सेवा कार्यक्रममा वर्षभरीमा सबै भन्दा धेरै दिन उपस्थिती जनाउनुहुने महिला तर्फका अम्बिका ढुङ्गेल र पुरुष तर्फका डिल्लीराम अधिकारीलाई पनि नगद ५/५ सय रुपैंया प्रदान गर्दै सम्मान गरिएकाे संघका सचिव कृष्ण भागवत् श्रेष्ठले जानकारी दिनु भयाे।


