कांग्रेसका उम्मेद्धवारलाई विजयी गराउँन आग्रह
धनकुटा खबर, ४ माघ । माघ ९ गते हुन लागेको राष्ट्रिय सभाको निर्वाचनमा नेपाली कांग्रेसको तर्फ बाट प्रदेश न १ बाट उम्मेद्धवारी भएका उम्मेद्धवार राजेन्द्र कुमार घिमिरे र निरवहादुर विश्वकर्माले अहिलेको देशको परिस्थितीले कांग्रेस लाई ससतm प्रतिपक्षको जिम्वेवारी दिएको बताउँदै नेपाली कांग्रेसको तर्फबाट राष्ट्रिय सभामा उम्मेद्धवार भएकाहरु लाई विजयी गराउँन आग्रह गरेका छन् ।
नेपाल प्रेस यूनियन धनकुटा शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनिहरुले अहिले कांग्रेसले मात्र अब देश लाई निकास दिने भएकोले सबै क्षेत्र बुझेका कांग्रेसका उम्मेद्धवार राष्ट्रिय सभामा विजयी गराउँन आवश्यक भएको धारण राखेका हुन् ।

पत्रकार सम्मेलनमा नेपाली कांग्रेस झापाका सचिव प्रेम सम्बाहाम्फे, नेपाली कांग्रेस धनकुटाका कोषध्यक्ष दिनेश राई, नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठ लगायतको उपस्थिीती रहेको थियो । कार्यक्रको अध्यक्षता नेपाल प्रेस यूनियन धनकुटा शाखा अध्यक्षय हिमा कुमारी चेम्जोङ्गले गर्नू भएको थियो ।


