आस्था राउतवि’रुद्ध प’क्राउ पुर्जी जारी

काठमाडौं, ५ माघ । गायिका आस्था राउतवि’रुद्ध प्रहरीले दर्ता गरेको अ’भद्र व्य’वहार मुद्दामा उनीवि’रूद्ध प’क्राउ पुर्जी जारी भएकाे छ ।

त्रिभुवन विमानस्थलमा सुरक्षा चेकजाँचका क्रममा राउतले महिला प्रहरीमाथि दु’र्व्यव’हार गरेको भन्दै मु’द्दा दर्ता गरेको थियो । राउतलाई प्रहरीले प’क्राउ गर्ने तयारी थालेकाे जनाइएको छ ।

काठमाडौँ प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीका अनुसार जिल्ला प्रशासनबाट आस्थाविरुद्ध प’क्राउ पुर्जी जारी भइसकेकाे छ । अ’भद्र व्य’वहारमा २५ दिनसम्म थु’नामा राखेर अनुसन्धान गर्न र एक वर्षसम्म जे’ल र १ लाख सम्म ज’रिवाना हुन सक्ने कानुनी व्यवस्था रहेकाे एसएसपी सुवेदीले बताए ।

राउतले बुधबार नै सामाजिक सञ्जाल फेसबकुमार्फत प्रहरीलाई गा’ली गरेको भिडियो सार्वजनिक गरेकी थिइन् । भारत जाने क्रममा झापाको उडान भर्ने बेला त्रिभुवन विमानस्थलमा जाँचका क्रममा प्रहरीले आफूलाई हा’तपा’तसहित दु’र्व्यवहार गरेको गायिका राउतको आ’रोप छ । गायिका राउत भने भारतमै भएको एक स्रोतले जानकारी दिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।