प्रदेश १ का प्रमुखद्धारा ४ जनालाई राज्यमन्त्रीमा नियुक्त

विराटनगर, ५ माघ । प्रदेश नं. १ का प्रमुख सोमनाथ अधिकारीले आज प्रदेश सरकारमा चार जनालाई राज्यमन्त्रीमा नियुक्त गर्नुभएको छ ।

मुख्यमन्त्री शेरधन राईको सिफारिसमा अधिकारीले राज्यमन्त्रीमा नियुक्त गर्नुभएको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव गोपीप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

प्रदेश प्रमुख अधिकारीले इलामका रामबहादुर राना मगरलाई भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री, ओखलढुंगाका अम्बिरबाबु गुरुङलाई भौतिक पूर्वाधार विकाश राज्यमन्त्री, झापाकी जसमाया गजमेरलाई सामाजिक विकाश राज्यमन्त्री र र मोरङका विजयकुमार विश्वासलाई उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री नियुक्त गर्नुभएको हो । उहाँहरुले आजै सपथ ग्रहण गर्नु हुनेछ ।

प्रदेश १ मा रहेका सात मन्त्रालय मध्ये भौतिक योजना तथा पुर्वाधार विकास र भूमी, कृषि तथा सहकारी मन्त्रालय मुख्यमन्त्री शेरधन राई आफैले हेर्दै आउनु भएको छ ।

प्रदेशमा अहिले आन्तरिक मामिला तथा कानुन मन्त्रीमा हिक्मत कार्की, समाजिक विकास मन्त्रीमा जीवन घिमिरे , उद्योग वन मन्त्रीमा जगदिश कुसियैत र अर्थिक मामिला तथा योजना मन्त्रीमा इन्द्रबहादुर आङबो हुनु हुन्छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।