भ्रमण वर्ष २०२० लाई ल’क्षित गरी धनकुटामा ल्होछार पर्व मनाईने
धनकुटा खबर, माघ ८ । नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति धनकुटाले यो वर्ष नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी वृहत साँस्कृतकि कार्यक्रम गर्दै ल्होछार पर्व मनाउने भएको छ ।
धनकुटा नगरपालिका र उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्रालय १ नं प्रदेश को सहयोगमा माघ ११ गते सोनाम ल्होछार २८५६ जीवा ल्हो को अवसरमा वृहत साँस्कृतीक कार्यक्रम गर्ने तयारी गरिएको नेपाल तामाङ जिल्ला समन्वय समितिले जनाएको छ ।
सोही कार्यक्रमलाई लक्षित गरी आज हिले बजार स्थितको गुम्बा तथा मठमन्दिर सरसफाइ गरिएको छ ।

नेपाल भम्रण वर्ष २०२० मा धेरै पर्यटक नेपाल भित्र्याउने सरकारको लक्षलाई सघाउ पुर्याउन हिले बजरमा रहेका धार्मिक स्थल,मौलिक परम्परागत सँस्कार संस्कृति लगायत विविध बस्तको प्रचार प्रसार गरी भ्रमण वर्ष २०२० बृहत मौलिक सास्कृतिक कार्यक्रम गर्ने तयारी गरिएको नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति धनकुटाका अध्यक्ष विष्णु मोक्तानले वताउनुभएको छ ।
कार्यक्रममा विभिन्न जातजातिको मौलिक परम्परागत सास्कृतिक झाँकी, अर्गानिक, तामाङ समुदाय भित्र प्रचलित मौलिक खाना खाप्से , थेन्दुक , सेक्पा, आलुम र मगर, सेर्पा,किराँती खाना प्रदर्शनि तथा त्यस दिन आएका पर्यटकलाई नि:शुल्क खुवाइने समितीले जनाएको छ । कार्यक्रममा स्थानिय तथा राष्ट्रिय कलाकारहरुको साङ्गिति प्रस्तुती रहने जनाईएको छ ।


