परराष्ट्र नीति कमजोर हुँदा भारत, चीन र अमेरिकाको चे’पुवामा नेपाल !

काठमाण्डौ । नेपाल सरकारले परराष्ट्र नीति प्रभावकारी बनाउन नसक्दा एकपछि अर्को गर्दै विभिन्न बहानामा हस्तक्षेप हुने गरेको छ ।

विकास निर्माणमा सहयोग गर्ने नाममा होस वा राजनीतिक सहकार्य । छिमेकी र मित्रराष्ट्रहरुले नेपालमा विभन्न गतिविधि गर्ने गरेका छन् । नेपालमा दुई छिमेकी देश भारत र चीन अनि मित्रराष्ट्र अमेरिकाको बढि सक्रियता देखिने गरेको छ ।

नेपाल र भारतबीचको सम्बन्ध जति निकट छ त्यति नै विवादित पनि छ । खुला सिमाना भएकाले दुई देशीचमा पटक पटक समस्या देखिने गरेको छ । कुटनीतिक र राजनीतिक सम्बन्धमा पनि उतारचढाब आउने गरेको छ । अर्को छिमेकी देश चिनसँगको सम्बन्ध भारतको जस्तो उतारचढाबपूर्ण छैन । तर नेपालमा चिनको सक्रियतामा भने कुनै कमि छैन ।

विकासमा सहयोगका लागि जुनसुकै देशसँगको कुटनीतिक सम्बन्ध राम्रो हुनुपर्छ । चिनसँगको सम्बन्ध सन्तुलित जस्तो देखिए पनि नेपालको परराष्ट्र नीति कमजोर हुँदा समस्या देखिने गरेको छ । छिमेमी नभए पनि मित्र राष्ट्रहरुमध्ये नजिकको मानिने अमेरिकाले पनि आफ्नो परराष्ट्र नीतिमा नेपाललाई प्राथमिकता दिने गरेको पाइन्छ । नेपाल सानो र आर्थिक हिसाबले धेरै तल भए पनि अमेरिकाले नजिकबाट नियालिरहेको देशमा पर्छ ।

भारतसँगको सम्बन्धमा सिमा विवाद र राजनीतिक हस्तक्षेप मुख्य कारण हुने गरेको छ भने चिनले नदेखिने गरी हस्तक्षेप गर्ने गरेको कतिपयको टिप्पणी छ । अमेरिकाले भने पछिल्लो समय अमेरिकी मिलेनियमा च्यालेन्ज कर्पोरेशन एमसीसी नेपालमा भित्र्याउन खोज्नुलाई ठूलै रणनीतिक योजनाको रुपमा हेरिएको छ ।

नेपाल तुलनात्मक रुपमा कमजोर छ भन्दैमा कुनै पनि देशले गर्ने अनावश्यक हस्तक्षेप स्वीकार गर्न सकिदैन । तर नेपाल सरकारको कुटनीतिक परिपक्वना नदेखिएको परराष्ट्रविद्हरु बताउँछन् । पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले अमेरिकि प्रस्ताव र चीन–भारतको सम्बन्धले नेपालको राजनीति विभाजित देखिनु घातक हुन सक्ने बताएका छन् ।

संसारका हरेक मुलुक सानो र कमजोर होस् वा ठूलो र शक्तिशाली – उसले अर्को मुलुकको व्यवहारलाई अनुकूल वा प्रतिकूल हुने गरी असर पुर्र्याइरहेको हुन्छ । आफ्ना लागि अनुकूल हुने व्यवहारलाई सुरक्षित र स्थिर राख्नु, विस्तार गर्नु र प्रतिकूल व्यवहारको अन्त्य गर्नु सरकारको नीति हुनुपर्छ । तर नेपालको परराष्ट्र नीति, आधिकारिक धारणा र अडानहरुमा पटक पटक प्रश्न उठ्ने गरेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।