लिम्बु पत्रकार संघ धनकुटाको अध्यक्षमा प्रेमा मादेम्बा
धनकुटा खबर, ९ माघ । लिम्बू पत्रकार संघ धनकुटाको दोस्रो अधिवेशनले प्रेमा मादेम्वाको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।

विहिवार सम्पन्न दोस्रो अधिवेशनले उपाध्यक्षमा धनबहादुर आङ्ला, सचिवमा विनु चेम्जोङ र कोषाध्यक्षमा चन्द्रकला लिम्बू लाई चयन गरेको हो । त्यस्तै सदस्यहरुमा आशिष लावती, गीता चेम्जोङ्ग, दिवा चेम्जोङ्ग र केन्द्रिय प्रतिनिधिमा तिलविक्रम चेम्जोङ्ग, चन्द्रसिंह नेम्वाङ, हिमा चेम्जोङ्ग र बालिका मादेन सर्वसम्मत चयन हुनुभएको छ ।


