सिटिभिटीमा शूल्क निर्धारण नहुँदा अन्यौल
धनकुटा खबर, ९ माघ । धनकुटा इन्स्टिच्यूट अफ हेल्थ साईन्स धनकुटाको आयोजनामा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदवाट सञ्चालित विभिन्न विषयहरुको वारेमा विहिवार छलफल भएको छ ।
सीटिइभीटिको स्त्तर महाशाखा मार्फत नेपाल सरकारले २०७१ सालमा प्रमाण–पत्र तह नर्सिङ्ग विषयको लागि ४ लाख ७९ हजार २ सय ८०, प्रमाण–पत्र तह सामान्य चिकित्साको लागि ४ लाख ११ हजार ८ सय ६५,डिप्लोमा इन फर्मेसीको लागि ३ लाख ४७ हजार ३ सय ७९ रुपैया निर्धारण गरिएको साथै शुल्क समायोजन प्रत्येक ३÷३ वर्षमा हुनु पर्नेमा हालसम्म विद्यार्थी भर्ना शुल्क समय सापेक्ष समायोजन नभएको प्रति सम्बन्धित निकायले यस विषयमा गम्भिर भएर लाग्न इन्स्टिच्युटका प्रमुख रामाले आग्रह गर्नु भएको हो ।

धनकुटा इन्स्टिच्यूट अफ हेल्थ साईन्सका निर्देशक रामनारायण प्रसाद रामाले सञ्चारकर्मीहरुलाई इन्स्टिच्यूटका गतिविधि र सिटीभिटीले निर्धारण गरेका नियमहरुको वारेमा प्रष्टयाउनुभएको थियो ।
यसैगरि निर्देशक रामाले सिटिभिटीले प्रमाण पत्र तह नर्सिङ्ग, प्रमाणपत्र तह समान्य र डिप्लोमा इन फार्मेसीको मात्र शूल्क निर्धारण गरेको तर अन्य विषयहरुको अझै पनि शूल्क निर्धारण नगरेका कारण अन्यौल सृजना भएको वताउनुभयो । छलफल कार्यक्रममा धनकुटाका सञ्चारकर्मी र इन्स्टिच्यूटका निर्देशक , शिक्षक र कर्मचारीहरुको सहभागिता रहेको थियो ।


