‘घुम्न आँउ धनकुटा’
धनकुटामा सोमबारबाट दुईदिने चित्रकला कार्यशाला शुरु
धनकुटा खबर, १३ माघ । ‘घुम्न आँउ धनकुटा’ भन्ने मुल नाराका साथ धनकुटामा सोमबार बाट दुईदिने चित्रकला कार्यशाला शुरु भएको छ ।
धनकुटा नगरपालिकाको आर्थिक सहयोग र हाम्रो वहुमुखी पाठशालाको आयोजनामा शुरु भएको कार्यशालाको उद्घाटन प्रदेश न १ का प्रदेश सभा सदस्य निरन राईले उद्घाटन गर्नुभएको छ ।
कार्यक्रमका प्रमुख अतिथी प्रदेश सभा सदस्य निरन राईले मानवीय जीवन सँग सम्वन्धित सम्पदाहरु कला क्षेत्रले दस्तावेजीकरण गर्न सकेन भने लोप हुने र यसका लागि कलाकारहरुको महत्वपूर्ण भूमिका रहने वताउनुभयो । यसैगरि प्राज्ञ सरोजा खड्गीले कलाक्षेत्रले मानवीय जनजीवनलाई युग युग सम्म वचाउने विचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा धनकुटाका अध्यक्ष राजेश्वरवहादुर श्रेष्ठ, र कार्यशालाका संयोजक डिल्लीकृष्ण आले लगायतको उपस्थिती रहेको थियो कार्यक्रम हाम्रो वहुमुखी पाठशालाको अध्यक्ष सरोज भुजेलको अध्यक्षतामा भएको थियो ।


