शहि’दहरुको छाता संस्था हुन जरुरी
धनकुटा खबर, १४ माघ । श’हिद सरोकार समाज धनकुटाको आयोजनामा १ दिने अन्त्र्तक्रिया कार्यक्रम आज सम्पन्न भयो ।
१ नम्बर प्रदेश सभा सदस्य निरन राईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा देशको लागि ब’लिदान दिने श’हिदहरुप्रति सम्मान गर्न र श’हिदहरुप्रतिको साझा बुझाइ बनाउन जिल्लाभरिका श’हिदहरुको एक छाता संस्था हुन जरुरी रहेको अन्त्र्तक्रियाका सहभागिहरुले बताएका छन् ।
अन्त्र्तक्रिया कार्यक्रममा आएका सुझावलाई गृहकार्य गरेर अघि वढ्ने श’हिद सरोकार समाजका अध्यक्ष तिलक प्रसाद राईले बताए । कार्यक्रमा नारायण प्रसाद पौडेल, ठाकुर बरालनेकपाका जिल्ला सचिव ऋषिराम ढुङ्गना, नेपाली कांग्रेसका जिल्ला सचिव विजय सन्तोषी राई, समाजवादी पार्टीका सह सचिव डम्बर पौडेल, श’हिद स्मृति प्रतिष्ठानका रुपलाल राई, श’हिद स्मृति सरोकार अध्यायन केन्द्रका डिल्लीराम राई, श’हिद परिवार संरक्षण समितिका बलराम रार्इ, श’हिद भीमनारायण श्रेष्ठ स्मृति प्रतिष्ठानका पुरेन्द्रलाल श्रेष्ठ, श’हिद रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठानका इश्वर बहादुर श्रेष्ठ, नेपाल पत्रकार महासंघका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।


