सामुदायिक रेडियो प्रशारक संघ धनकुटामा विदुर खवास

धनकुटा खबर, १५ माघ, धनकुटा जिल्लामा सञ्चालित सामुदायिक रेडियोका प्रतिनिधिहरुको बुधबार सम्पन्न भेलाले सामुदायिक रेडियो प्रशारक संघ (अकोराब) जिल्ला समन्वय समिति धनकुटा गठन गरिएको छ ।

संघका केन्द्रीय उपाध्यक्ष अर्जुन राईको उपस्थितिमा सम्पन्न सामुदायिक रेडियोका प्रतिनिधिहरुको भेलाले रेडियो लालीगुँरासका स्टेशन मेनेजर विदुर खवासको अध्यक्षतामा ४ सदस्यीय जिल्ला समन्वय समिति गठन गरेको हो ।

समितिको सदस्यमा रेडियो मकालु धनकुटाका स्टेशन मेनेजर सन्तोष रुचाल, रेडियो भेडेटारका स्टेशन मेनेजर पूर्णकुमार चौधरी र रेडियो धनकुटाका स्टेशन मेनेजर सन्तोष कुमार राई रहेका छन् ।

जिल्लामा सञ्चालित सामुदायिक रेडियोहरुको क्षमता अभिवृद्धि गर्दै दक्ष जनशक्ति उत्पादनको लागि अगाडी बढ्ने संयोजक विदुर खवासले बताउँनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।