धनकुटाको ताङ्खुवामा प्रा’ङ्गारिक मल संकलन तथा निर्माण स’म्वन्धि कार्यशाला गो’ष्ठि सम्पन्न
धनकुटा खबर, माघ १८ । धनकुटाको छथरजोरपाटी गाउँपालिका ३ नं वडा कार्यलयको आयोजना तथा रिकीसी कम्पोष्ट प्राईभेट लिमिटेडको सहयोगमा आज ताङ्खुवामा प्राङ्गारिक मल संकलन तथा निर्माण सम्वन्धि एक दिने कार्यशाला गोष्ठि सम्पन्न भएको छ ।
गाउँपालिकाका प्रमुख शेर वहादुर लिम्वुको प्रमुख आतिथ्य तथा वडा नं ३ का अध्यक्ष ज्ञान वहादुर लिम्वुको अध्यक्षतामा सम्पन्न गोष्ठिमा सहभागीहरुलाई कम्पोष्ट मल कसरी वनाउने ? यसको उपयोग कसरी गर्ने ? यसका फार्ईदाहरु के के छन् ? भन्ने लगायतको विषयमा जानकारी गराईएको वडा कार्यलयका कृषी प्राविधिक चेवन कुमार भण्डारीले जानकारी दिनुभयो ।

रसायनिक मलको प्रयोग न्यूनिकरण गर्दै स्थानिय स्तरमै कम्पोष्ट मल उत्पादन गरी उपयोग गर्ने गराउने उद्देश्यका साथ सञ्चालित गोष्ठिको सहजीकरण रिकीसी कम्पोष्ट प्राईभेट लिमिटेडका प्रवन्ध निर्देशक उषा गिरी र कम्पोष्ट मल निर्माण संग सम्वन्धित जाप्निज ईञ्जिनियर जुन खामोसिदाले गरेका थिए ।
गोष्ठिमा त्यहाँका कृषी सहकारी, कृषी समूह, व्यक्तिगत फर्म तथा टोल संस्थाका प्रमुख एवम् प्रतिनीधिहरुको सहभागीता थियो । गोष्ठिमा स्वागत मन्तव्य वडा सचिव रुद्र थापा मगरले राख्नुभएको थियो भने सञ्चालन कृषि प्राविधिक भण्डारीले गर्नुभएको थियो ।


