संस्कृति ब’चाउन सके मात्र पहिचान स्थापित हुन्छ : मेयर वृष राई

धनकुटा खबर, माघ १८ । धनकुटाको पाख्रीवास नगरपालिकाका प्रमुख वृष वहादुर राईले हरेक जातिको भाषा, संस्कार, संस्कृति वचाउन सके मात्र पहिचान स्थापित हुने वताउनुभएको छ ।

तामाङ समुदायको सोनाम ल्होछार २८५६ औ नयाँ वर्षको अवसरमा आज धनकुटाको उत्तरपानीमा सञ्चालित ल्होछार साँस्कृतिक तथा शुभकामना आदन प्रदान कार्यक्रमलाई सम्वोधन गर्दै उहाँले त्यस्तो वताउनुभएको हो ।

उहाँले आदिवासी जनजातिहरुको मौलिक संस्कृतिको रक्षा गर्ने र नयाँ पुस्तालाई हस्तान्तरण गर्ने अभियानको रुपमा आफुले ल्होछार कार्यक्रमलाई लिएको धारणा राख्नुभयो । पाख्रीवास नगरपालिकाको अधिकांश वडामा तामाङ समुदायको वसोवास रहेकोले नगरपालिकाले तामाङ जातिको भाषा, संस्कार, संस्कृति संरक्षण प्रवद्र्धन अभियानलाई सक्दो सहयोग गर्ने समेत उहाँले वताउनुभयो ।

कार्यक्रममा स्थानिय तामाङ मौलिक डम्फु सेलो, डम्फु नाच, स्थानिय जलासेग वोर्डिङ्ग स्कुलका विद्यार्थीहरुको नृत्य, उदयमान स्थानिय कलाकार पासाङ दावा घिसिङ र खिलराज तामाङले सहभागीहरुलाई साङ्गितिक मनोरञ्जन प्रदान गरेका थिए ।

कार्यक्रम ल्हेछार साँस्कृती कार्यक्रम आयोजक समितिका संयोजक तथा उत्तरपानी युवाक्लवको अध्यक्ष गजम घिसिङको अध्यक्षतमा सञ्चालन गरिएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।