धनकुटामा हिन्दुसंस्कृतीका शास्त्रीय ज्ञान परिक्षण

धनकुटा खबर, २० माघ । पछिल्लो समय हिन्दु सनातन संस्कृतीमा बे’वास्था गरेर पाश्चात्य संस्कृती अबलम्बन बढेको भन्दै धनकुटामा विद्यार्थी ज्ञान परिक्षामा हिन्दुसंस्कृतीका शास्त्रीय ज्ञान परिक्षण गरिएको छ ।

हिन्दु स्यंसेवक संघ धनकुटाले सोमबार धनकुटाको तल्लो टुडिखेलमा आयोजना गरिएको विद्यार्थी ज्ञान परिक्षामा संचालन गरेको हो । जिल्लाका निजि तथा सामुदायिक २१ विद्यालयका ५ सय ८० विद्यार्थीले स्वामी विवेकानन्द सँस्कृती ज्ञान हिन्दु संस्कृतीका बारेमा १५ दिनको स्वअध्ययन पछि परिक्षामा सहभागि भएको हिन्दु स्यंसेवक संघ धनकुटाका अध्यक्ष विश्वनाथ दाहाले जानकारी दिनु भयो ।

कक्षा ६ देखि कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीहरु धनकुटा सदरमुकाममा गरिने परिक्षामा दिवाखाजाको व्यवस्थापन गरिएको दाहालको भनाई छ । परिक्षामा ५० पुर्णाङ्क बस्तुगत परिक्षामा सहभागी भई गोकुण्डेश्वर बालमन्दिर माविका मनिष ओझा प्रथम, दोस्रो शितलादेवी माविकी सम्झना यादव तेस्रो भाषा माविकी बिना राई भएका छन् भने ९ जना ले सान्तवना पुरस्कार प्राप्त गरेका आयोजक सस्थाका सदस्य दामोदर मिश्रले बताए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।