धनकुटा अस्पतालका विमारीहरुको स्वाथ्य लाभको कामना गर्दै फलफुल वितरण
धनकुटा खबर, २१ माघ । दि,वंगत का.वा.सभापति छत्र बहादुर अधिकारीको १३ औं पुण्यतिथीको अवसरमा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा धनकुटाले जिल्ला अस्पतालका विमारीहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै फलफुल वितरण गरेको छ ।
फलफुल वितरण कार्यक्रमा प्रमुख अतिथी जिसस धनकुटा प्रमुख टंक चौहान, प्रमुख जिल्ला अधिकारी डा. कृष्ण घिमिरे, बरख गणका गणपती भगवान थापामगर, जिल्ला प्रहरी कार्यालयका प्रमुख, एसपी सुदर्शन कोइराला , सशस्त्र प्रहरी बल नेपाल ६ नं. गुल्म हे.क्वा. छिन्ताङका गुल्मपती सचिन कर्माचार्य लगायत रेडक्रसकर्मी, शिक्षक, विद्यार्थी लगायतको उपस्थिती रहेको थियो ।



