भोलीदेखि शुरु हुने पाख्रीबासको महायज्ञ तथा महोत्सवको तयारी अ,न्तिम चरणमा
धनकुटा खबर, माघ २१ । सामुदायिक भवन सहितको नमूना राधाकृष्ण मन्दिर निर्माण सहयोगार्थ पर्यटकीय तथा वनभोज स्थल श्री संसारीमाईपूजा सिमसार क्षेत्रमा भोलिदेखी हुने श्रीमद्भागवत् सप्ताह ज्ञान महायज्ञ तथा धार्मिक पर्यटन महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।
धनकुटाको पाख्रीवास नगरपालिका ४ स्थितको यस पर्यटकीय स्थलमा भोलिदेखी माघ २९ गते वुधवार सम्म सञ्चालन हुन लागेको हो । महायज्ञ तथा धार्मिक पर्यटन महोत्सवको तयारी स्वरुप आज सम्म गेट निमर्माण देखी आवश्यकीय स्थानमा व्यानर तथा वत्ति राख्ने सहितका कामहरु भईसकेको महोत्सव आयोजक मूल समारोह समितिका अध्यक्ष सोवित निरौलाले जानकारी दिनुभयो । महोत्सव स्थानिय वजारवासी, व्यापारी, वुद्धीजीवि एवम् महायज्ञ प्रचार प्रसार समितिको सहयोगमा गर्न लागिएको हो ।
एक हप्ता सम्म सञ्चालन हुने श्रीमद्भागवत् सप्ताह ज्ञान महायज्ञ तथा धार्मिक पर्यटन महोत्सव लागि करिव दुई लाख लागत लाग्ने अनुमान गरिएको छ । महायज्ञमा सु(प्रसिद्ध गुरुदेव अध्यात्म शिरोममणी पंडित श्रीरामकृष्ण उपाध्यायको मुखारविन्दवाट कथा वाचन तथा धार्मिक एव्म साँस्ककृती झाँकी प्रदर्शन गरिने छ । माहोत्सव शूभारम्भ स्वरुप भोलि विहान ७ वजे पाख्रीवासमा कलश यात्रा निकालिने जनाईएको छ ।


