राधाकृष्ण मन्दिर बनाऊन धनकुटाको पाख्रीबासमा महायज्ञ एवं महोत्सव शुरु, पहिलो दिनमै ३ लाख वढी संकलन

धनकुटा खबर, माघ २२ । पर्यटकीय स्थल धकुटाको पाख्रीवास नगरपालिका ४ सिमसार क्षेत्रमा आजवाट श्रीमद्भाग्वत सप्ताह ज्ञान महायज्ञ तथा धार्मिक पर्यटन महोत्सव शूरु भएको छ ।

सिमसार क्षेत्रमा सामुदायिक भवन सहितको नमूना राधाकृष्ण मन्दिर निर्माण सहयोगार्थ आयोजना गरिएको महायज्ञ तथा धार्मिक पर्यटन महोत्सवको उद्घाटन राधाकृष्ण मन्दिर निर्माणका लागि १ लाख ११ हजार १ सय ११ रुपयाँ सहयोग प्रदान गरि सहयोग गर्नुहुने जेष्ठ नागरिक सितादेवी वानियाँको प्रमुख आतिथ्यमा तथा महोत्सव मूल आयोजक समितिका अध्यक्ष सोवित निरौलाको अध्यक्षतामा सञ्चालित कार्यक्रमको वीच गरिएको हो ।

महोत्सवको आज पहिलो दिन उद्घाटन सत्र मै ३ लाख वढी सहयोग संकलन भएको आयोजक समितिले जनाएको छ । कार्यक्रममा दिईएको जानकारी अनुसार समाजवादीपाटीका पाख्रीवास नगरकमिटी अध्यक्ष जितेन्द्र माङमाहाङ राईले सहयोग स्वरुप एक रोपनी जग्गा उपलव्ध गराउने, छत्र पाण्डे २५ हजार ५ सय, प्रेम भण्डारी २५ हजार ५ सय, गुणराज गौतम ५५ हजार ५ सय ५५ रुपयाँ, महेन्द्र कार्की १६ हजार, ज्ञान वहादुर गुरुङ ६५ हजार ५ सय ५५ रुपयाँ सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

त्यस्तै पाख्रीवास वडा नं ४ का अध्यक्ष सोवित निरौलाले व्यक्तिगत तर्फवाट ५७ हजार ७ सय ७७ रुपयाँ, वडा समितिको तर्फवाट २० हजार ५ सय ५५ र आगामी आर्थिक वर्षको वडाको वजेटवाट ५ लाख लगानी गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

भागवत सेवा संघको तर्फवाट महायज्ञको लागि ७१ हजार वरावरको आर्थिक सहयोग गरिएको संघका राघव उपाध्यायले जानकारी गराउनुभयो । त्यस्तै सम्पूर्ण पाटीहरुको तर्फवाट शूभकामना मन्तव्य राख्दै नेपाल कम्युनिष्ट पाटी नेकपाका पाख्रीवास नगर कमिटीका सचिव मूक्ति वजगाईले विभिन्न तह तप्कामा पहल गरेर भएपनि त्यहाँ राधाकृष्ण मन्दिर निर्माण गरि छाड्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

भने पाख्रीवास नगरपालिका ५ का वडाध्यक्ष गोपाल थापाले पनि धर्मले सामाजिक सद्भाव कायम राख्ने भन्दै आफ्नो तर्फवाट सहयोग गर्ने वताउनुभयो । महोत्सव स्थानिय वजारवासी,व्यापारी,वुद्धीजीवि एवम् महायज्ञ प्रचार प्रसार समितिको सहयोगमा सञ्चालन गरिएको हो ।

एक हप्ता सम्म सञ्चालन हुने श्रीमद्भागवत् सप्ताह ज्ञान महायज्ञ तथा धार्मिक पर्यटन महोत्सव लागि करिव दुई लाख लागत लाग्ने अनुमान गरिएको छ । महायज्ञमा सु(प्रसिद्ध गुरुदेव अध्यात्म शिरोममणी पंडित श्रीरामकृष्ण उपाध्यायको मुखारविन्दवाट कथा वाचन भईरहेको छ । महोत्सव उद्घाटन समारोह अघि निकालिएको विभिन्न जातजातीको झाँकी सहितको कलश यात्राले पाख्रीवास वजारको विभिन्न भागको परिक्रमा गरेको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।