धनकुटाको चौविसेमा २८ जना मोतिविन्दुका विरामी फेला परे
धनकुटा खबर, माघ २३ । धनकुटाको चौविसे गाउँपालिका २ शुक्रवारे वजारमा जारी नि:शूल्क आँखा शिविरको क्रममा २८ जना मोतिविन्दुका विरामी फेला परेकाछन् ।
चौविसे गाउँपालिका राजारानीको आयोजना तथा नेपाल नेत्र ज्योति संघ द्धारा सञ्चालित डा:राम प्रसाद पोखरेल आँखा अस्पताल धनकुटाको प्राविधिक सहयोगमा हिजोवाट सञ्चालित शिविरमा आज सम्म करिव २ सय ५० जनाको आँखा जाँच गरिएको मध्ये २८ जनालाई मोति विन्दु भएको पाईएको शिविर आयोजकलाई उधृत गर्दै नेकपा चौविसका प्रचार प्रसार समितिका संयोजक शालिग्राम पौडेलले जानकारी दिनुभयो ।
अन्य ७ जनाको आँखामा मासु पलाएको पाईएको छ । शिविरमा डा: राजश्री श्रेष्ठले सेवा दिईरहनुभएको छ । दुई दिने शिविर भनिए पनि अझै विभिन्न वडा वाट आँखाका विरामीहरु आउने क्रम जारी नै रहेकोले भोलि पनि शिविरलार्य निरन्तरता दिईने जनाईएको छ ।
यसैवीच हिजोवाट मुढेवास स्वास्थ्य चौकीमा नि:शूल्क सूरक्षित गर्भ पतनको सेवा पनि शूरु भएको छ । यो सेवाको चौविसे गाउँपालिका प्रमुख खजिन्द्र राई हिजो नै उद्घाटन गर्नुभएको हो ।


