रहिनन् धनकुटाकी समाजसेवी तथा अधिकारकर्मी दुर्गा पोखरेल
धनकुटा खबर, माघ २३ । धनकुटा अस्पताल विकास समितिका पूर्व अध्यक्ष तथा धनकुटाका वरिष्ट समाजसेवी वेष्ट नेपालका सस्थापक अध्यक्ष दुर्गा पोखरेलको गएराती असमामयिक नि,धन भएको छ ।
धनकुटाको विकास र समाजिक रुपान्तरणका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनु भएकी धनकुटा नगरपालिका वडा नं ३ कचिडे निवासी समाज सेवी तथा अधिकारकर्मी नेपाली कांग्रेस धनकुटाकी अग्रज पोखरेलको असमायिक नि,धन भएकोमा नेपाली कांग्रेस धनकुटाले शोक बिज्ञप्ती प्रकाशित गरी स्व:पोखरेल प्रति सम्मान शहित श्र,द्धाञ्जली अर्पण गरेको छ ।
उहाँको परिवारजनमा समवेदना व्यक्त गरेको छ । उहाको नि,धनले धनकुटालाई नै अपुरणीय क्षती पुगेको नेपाली कांग्रेस जिल्ला सचिव विजय सन्तोषी राईले उल्लेख गर्नुभएको छ ।

नेपाली कांग्रेस धनकुटाका पूर्व सल्लाकार नेपाल विद्यार्थी संघका सस्थापक धनकुटा वहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख स्व:उपेन्द्र पोखरेलको श्रीमती र नेपाल विद्यार्थी संघ धनकुटाका तत्कालिन नेता तनुजा पोखरेलकी आमा दुर्गा पोखरेलको गएराती ८ बजे उपचारको क्रममा काठमाण्डौमा नि,धन भएको हो ।
स्व: पोखरेलको आज विहान काठमाण्डौको पशुपती आर्यघा,टमा अ,न्त्यष्टि गरिएको छ । धनकुटाका समाजसेवी समाजिक अभियान्त महिला अधिकारकर्मी स्व:पोखरेलको छोरीहरु मनुजा, अनुजा, तनुजा र दिवा पोखरेल छन् ।


