पाख्रीवासमा जारी महायज्ञ तथा महोत्सवको आज तेश्रो दिन, धमाधम बढ्दैछ सहयोग रकम

धनकुटा खबर, माघ २४ । पर्यटकीय स्थल धकुटाको पाख्रीवास नगरपालिका ४ सिमसार क्षेत्रमा जारी श्रीमद्भाग्वत सप्ताह ज्ञान महायज्ञ तथा धार्मिक पर्यटन महोत्सवको आज तेश्रो दिन १ लाख ३० सहयोग रकम संकलन भएको छ ।

यो संगै महायज्ञको तेश्रो दिन सम्म करिव ६ लाख २५ हजार वरावर सहयोग रकम जम्मा भएको महोत्सव आयोजक समितिले जनाएको छ । आज महायज्ञमा सवैभन्दा वढी ५१ हजार १ सय ५१ रुपयाँ सहयोग प्रदान गर्दै वेद वहादुर विश्वकर्मा सभानायक वन्नुभएको जनाईएको छ ।

सिमसार क्षेत्रमा सामुदायिक भवन सहितको नमूना राधाकृष्ण मन्दिर निर्माण सहयोगार्थ आयोजना गरिएको महायज्ञ तथा धार्मिक पर्यटन महोत्सव सु-प्रसिद्ध गुरुदेव अध्यात्म शिरोममणी पंडित श्रीरामकृष्ण उपाध्यायको मुखारविन्दुवाट कथा वाचन भईरहेको छ ।

महायज्ञमा सहयोगदाताहरुलाई सम्मान गर्ने क्रमलाई पनि निरन्तरता दिईरहेको समितिले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।