प्र हरीको ब ढ्दो ज्या दती ! प्र हरीकै कु टाईबाट रिक्सा चालक अ स्पतालमा,प्र हरीले छोराको ग ल्ती भन्दै आमालाई चौकीमै कु टे, ! (भिडियो)
काठमाडौं । न्यूज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ४९३ औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोडमा पनि विभिन्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ ।
१. प्रहरीको बढ्दो ज्यादती, हाकिमहरु बोल्नै मान्दैनन्
काठमाडौं । सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका वडा नम्बर १ की ज्ञानी तामाङकी १४ वर्षीय छोरा माघ ६ गतेबाट बेपत्ता भए ।
उनले माघ ८ गते महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठमा खोज–तलासका लागि निवेदन दिइन् । त्यसको १० दिनपछि माघ १८ गते प्रहरी चौकीबाट उनलाई फोन गरेर बोलाइयो ।
छोराको बारेमा केही पत्ता लागेर बोलाइएको होला भन्दै उनी हतार–हतार प्रहरी चौकी पुगिन् । तर, उनी त्यहाँ पुग्दा थाहा भयो कि कुरो अर्कै रहेछ ।
उनका छोरा पढ्ने गरेको जनजागृत माध्यामिक विद्यालयबाट ६ कक्षामा पढ्ने एक किशोरी पनि सोही दिनदेखि हराएकी रहेछन् । सोही किशोरीको बारेमा उनीसँग सोधपुछ गर्न उनलाई बोलाइएको रहेछ ।
२. जनकपुरको राघोबाबा स्कुलमा पुगे मेयर, उत्कृष्ट बनाउने प्रतिबद्धता
धनुषा । धनुषाको नगराइन नगरपालिका २ स्थित राघोबाबा प्राथमिक विद्यालयका विषयमा हामीले रिपोर्टिङ गरेपछि मेयरले अनुगमन गरेका छन् ।
विद्यालयका अधिकांश शिक्षक अनुपस्थित, डेक्स बेञ्चको अभाव, विद्यालयको कक्षा कोठाभित्र पशु चौपाए बाँध्ने गरेको विषयमा हामीले रिपोर्ट प्रशारण गरेका थियौं ।
यस बिषयमा लाइभमा कुरा गर्दै नगराइन नगरपालिका मेयर परमेश्वर यादवले आफूलाई विद्यालयको उक्त अवस्था बारे जानकारी नभएकाले अुनगमन गर्ने बताएका थिए ।
३. जुम्लाको सिञ्जा गाउँपालिकामा पुल बनाउने ठेकेदार तीन वर्षदेखि बेपत्ता !
जुम्ला । जुम्लाको सिञ्जा गाउँपालिका वडा नम्बर २ रनुखानामा काठको पुल बनाएर खोला वारपार गर्ने गरिन्छ ।
हिउँदको समयमा काठको पुलबाट जेनतेन वारपार गरिएपनि बर्खायाममा बाढीले बगाएर कहाँ पु¥याउने हो, थाहै हुँदैन । खोलामा पक्की पुल नभएपछि स्थानीयहरु काठको पुलबाट जोखिम मोलेरै भएपनि खोला तर्न बाध्य छन् ।
खोलाको छेउमा एउटा ठिङ्ग ठडिएको पिल्लर देखिन्छ । त्यो पिल्लर पक्की पुलको पिल्लर हो । २०७३ सालदेखि उक्त पिल्लर त्यसरीनै एक्लै ठडिएर बसेको छ ।


