पाख्रीवासको महायज्ञमा आजसम्म साढे ११ लाख सहयोग संकलन
धनकुटा खबर, माघ २६ । पर्यटकीय स्थल धनकुटाको पाख्रीवास नगरपालिका ४ सिमसार क्षेत्रमा जारी श्रीमद्भाग्वत सप्ताह ज्ञान महायज्ञ तथा धार्मिक पर्यटन महोत्सवमा आज सम्म साढे ११ लाख सहयोग रकम संकलन भएको छ ।
महायज्ञको आज ५ औ दिन निर्माण व्यवसायी उत्तम कटुवालले ८१ हजार सहयोग गर्नुभएको छ । आजको सभानायक उहाँकै पिता यज्ञ वहादुर कटुवाल हुनुभएको महायज्ञ मूल आयोजक समितिका सदस्य प्रेम भण्डारीले जानकारी गराउनुभयो ।
सिमसार क्षेत्रमा सामुदायिक भवन सहितको नमूना राधाकृष्ण मन्दिर निर्माण सहयोगार्थ महायज्ञ सञ्चालन भईरहेको छ । गत २२ गते देखी शूरु भएको महायज्ञ तथा महोत्सव २९ गते सम्म सञ्चालन हुने छ ।


