यस्तो रहने आजको मौसम
काठमाण्डौ – सोमबार पहाडी भुभागको केही ठाउँमा सामान्य बादल लाग्ने र बाँकी ठाउँमा मौसम सफा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाण्डौ र आसपासका ठाउँमा बिहान हल्का बादल लागे पनि दिउँसो घाम लाग्ने महाशाखाको भनाई छ । सामान्य बदली भए पनि पानी पर्ने सम्भावना नरहेको पनि महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार अहिले नेपालमा कुनै पनि मौसमी प्रणाली सक्रिय छैन । आउँदो तीन दिनसम्म पानी पर्ने सम्भावना नरहेको पनि महाशाखाले जनाएको छ ।-उज्यालो


