भवन सहितको नमूना राधाकृष्ण मन्दिर बनाऊन धनकुटाको पाख्रीबासमा आजसम्म १५ लाख संकलन

धनकुटा खबर, माघ २७ । पर्यटकीय स्थल धकुटाको पाख्रीवास नगरपालिका ४ सिमसार क्षेत्रमा जारी श्रीमद्भाग्वत सप्ताह ज्ञान महायज्ञ तथा धार्मिक पर्यटन महोत्सवमा आज सम्म १५ लाख सहयोग रकम संकलन भएको छ । सिमसार क्षेत्रमा सामुदायिक भवन सहितको नमूना राधाकृष्ण मन्दिर निर्माण सहयोगार्थ उक्त रकम संकलन भएको हो ।

महायज्ञको आज छैटौ दिन साढे ३ लाख वरावर सहयोग संकलन भए संगै १५ लाख सहयोग पुगेको छ । आज सवै भन्दा धेरै ५५ हजार ५ सय ५५ रुपयाँ सयहोग गर्दै लोकेन्द्र पौडेल र ५१ हजार सहयोग गर्दै वलाराम दाहाल सभानायक वन्न सफल भएको महायज्ञ मूल आयोजक समितिका सदस्य प्रेम भण्डारीले जानकारी गराउनुभयो ।

सिमसार क्षेत्रमा सामुदायिक भवन सहितको नमूना राधाकृष्ण मन्दिर निर्माण सहयोगार्थ महायज्ञ सञ्चालन भईरहेको छ । यस महायज्ञमा संकलित सहयोग रकम फागुन ५ गते पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने र नगद रकम ग्लोवल बैंकमा सञ्चित गर्ने महोत्सव मूल आयोजक समितिका अध्यक्ष शोवित निरौलाले वताउनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।