व्यावसायिक शिक्षा आजको आवश्यक्ता
धनकुटा खबर, फागुन ३ । मुलुकलाई समृद्ध बनाउन गुणस्तरीय र उत्पादन मूलक व्यावसायिक शिक्षा आजको आवश्यकता भएको एक कार्यक्रमका सहभागीहरुले वताएकाछन् । आज धनकुटाको पाख्रिवासमा नेपाल शिक्षक संघ पाख्रिवासको प्रतिनीधि सभामा सहभागीहरुले त्यस्तो वताएका हुन् ।
नेपाल शिक्षक संघ पाख्रिवास नगर कार्य समितिका अध्यक्ष सन्तोष खड्काको अध्यक्षतामा सम्पन्न सभामा सहभागीहरुले गुणस्तरीय, उत्पादन मुलुक र व्यावसायिक शिक्षामा जोड दिएकाछन् । सभाले शिक्षकहरुलाई आस्थाको आधारमा विभेद नर्गन आग्रह र सवै शिक्षकहरुलाई समान व्यवहार समान तलव र समान अधिकार हुनु पर्ने निर्णय गरेको छ ।

सभामा संविधान सभा सदस्य तथा नेपाली कांग्रेस धनकुटका पूर्व सभापति मनोहर नारायण श्रेष्ठ,महासमिति सदस्य तथा पूर्व उपसभापति अजित नारायण सिंह थापा, नेपाली कांग्रेस धनकुटका सचिव विजय सन्तोषी राई, कोषाध्यक्ष दिनेश राई, नेपाल शिक्षक संघ धनकुटका अध्यक्ष धिरेन्द्र वहादुर लिम्बु, जिल्ला सदस्य ज्ञानु गुरुङ्ग लगायत नेपाल शिक्षक संघ पाख्रिवास नगर कार्य समितिका पदाधिकारीहरुकाे उपस्थिती थियाे ।


