वुहानबाट बिहानै काठमाडौं ल्याइएका १७५ नेपालीलाई पु र्याइयाे खरिपाटी
काठमाडौं, फागुन ४ । सुरुमा कोरोना भाइरसको संक्रमण फैलिएको चीनको वुहानबाट उद्धार गरी आइतबार बिहानै काठमाडौं ल्याइएका नेपालीलाई भक्तपुरको खरिपाटी पुर्याइएकाे छ।
नेपाल वायु सेवा निगमको वाइडबडी जहाजमा ल्याइएका १ सय ७५ नेपालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओराल्नेबित्तिकै क्वारेन्टाइन व्यवस्था गरिएको ठाउँ खरिपाटी लगिएको हो।
अवतरणलगत्तै विमानमा दिइएको खानेकुरा उनीहरुलाई डिस्पोजल गर्न लगाइएको थियो। लगत्तै त्यही स्टन्डबाई राखिएका बसहरुमा उनीहरुलाई राख्दै खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा पुर्याइएकाे हाे।
त्यहाँ उनीहरुलाई त्यहाँ १४ दिनसम्म राखिनेछ। परिवारसँग भेट्न दिइने छैन।
चिनियाँ समयअनुसार वुहानबाट शनिबार राति १२ बजे उडेका उनीहरु आइतबार बिहान ४ बजेतिर त्रिभुवन विमानस्थलमा अवतरण गरेका थिए।
विमानसँगै पुगेका ६ वटा बसले यात्रुहरुलाई खरिबोट पुर्याएको चीनबाट फर्किएका विधार्थी अशोक साहले बताए। बससँगै एम्बुलेन्स, स्वास्थ्यकर्मीको टिम तथा एपीएफको गाडी पनि उनीहरुसँगै खरिबोट पुगेका थिए।


