७ अर्ब ख र्चेर १७३ राेपनी क्षेत्रफलमा कस्तो बनाइदैछ संसद भवन?

काठमाडौं । सरकारले झन्डै ७ अर्ब रुपैयाँ लगानी गरेर सिंहदरबारस्थित पुतलीबगैचामा बनाइरहेको संघीय संसद भवनको आइतबार सभामुख अग्निप्रसाद सापकोटाले अवलोकन गरे।

शहरी बिकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिलाल गेलालले सभामुख सापकोटालाई भवनको निर्माणकार्य र त्यससम्बन्धी पछिल्लो प्रगति विवरण जानकारी गराएका थिए।

‘गेलालले तीन-बर्षे गुरु योजना अन्तर्गत १७३ रोपनी क्षेत्रफलमा ६ अर्ब ९२ करोड रुपैयाँ लागतमा बनिरहेको संसद भवन सम्पन्न हुन ३ बर्ष लाग्ने जानकारी दिनुभयो,’ सभामुखको सचिवालयले जनाएको छ। ‘उहाँले निर्माणको काम सन्तोषजनक रुपमा अघि बढिरहेकोमा खुशी व्यक्त गर्दै तोकिएको समयअघि नै काम सकिने विश्वास व्यक्त गर्नुभयो।’

नयाँ बन्न लागेको संसद भवन परिसरमा माथिल्लो सदन र तल्लो सदनको बैठक हलहरु पहिलो तल्लामा राखिएको छ।

भवन परिसरमैं लवी, पुस्तकालय, लन्ज, अति विशिष्ट (भीभीआईपी) भवन, समितिको कार्यालय, सचिवालय भवन, चमेना गृह (क्यान्टिन), दलीय कार्यालय भवन, छपाई कारखाना, वेसमेन्ट पार्किङ/सुरक्षाकर्मी भवन, जमिनमाथिकाे पार्किङ, बगैँचा र पानीको फोहरा भएको संरचना र सुविधाहरु उपलब्ध हुनेछ।

 

२०६५ सालमा पहिलो संविधान सभा निर्वाचनबाट ६०१ सदस्यीय सभा गठन भएपछि निकै ठूलो संख्याको संविधान सभा तथा संसदका लागि ठूलो सभा हल तथा भवनको खोजीका क्रममा बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई संसद भवनको रुपमा रुपान्तरित गरिएको थियो।

चीन सरकारको सहयोगमा निर्मित सोहि सम्मेलन केन्द्रलाई नै त्यसयता सरकारले वर्षेनि भाडामा लिएर संसद भवनको रुपमा प्रयोग गर्दै आएको छ।

त्यसअघिको सिंहदरबारस्थित पुरानो संसद भवन २०७२ को भुकम्पपछि थप जीर्ण अवस्थामा पुगेको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।