ठेकेदारसँग कुलमान : राति १० बजे फिल्डमा आउँछु, काम न भएको देख्नु न परोस् !

काठमाण्डाै : नेपाल विद्युत प्राधिकरण माताहतमा भइरहेका कामको नियमित अनुगमनमा जानु कार्यकारी निर्देशक कुलमान घिसिङको दैनिकी नै बनेको छ । समयमै काम पूरा गर्न उहाँ कहिले नागरिक सँग अनि कहिले संसदीय समितिमा सांसदसँग नै बाझेको देखिन्छ । ठेकेदारलाई फकाएर होस् या चेतावनी दिएर हाेस्, काम बेलैमा सक्न घिसिङको दौडधुप बढेको देखिन्छ ।

सोमबारदेखि नेपाल विद्युत् प्राधिकरणले काठमाण्डौका तार भूमिगत गर्ने काम थालेको छ । पहिलो चरणमा महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्रका तार भूमिगत गर्न भारतीय कम्पनी केईआई इन्डस्ट्रिजले जिम्मा पाएको छ । आज खनेको सडक भोलिपल्टै पहिलेकै अवस्थामा ल्याउने र अफ्ठेरो ठाउँमा सडक खनेको बढीमा १० दिनभित्र पीच गर्न ठेकेदारसँग सहमति भएको छ ।

यसअघि ढल र मेलम्ची खाने पानी आयोजनाले सडक खन्दा उपत्यकाका नागरिक धुलो र धुवाँले हैरान भएका थिए, अहिले त्यस्तो हुन नदिन ‘होराइ जेन्टनल डिरेक्स्नल् ड्रिलिङ’ प्रविधि अपनाइएको छ । जसले पूरै सडक नखनि मुसोले जस्तै प्वाल पार्नेछ । केही मिटरको अन्तरमा भने पूरै सडक खन्नुपर्नेछ । ठेकेदार कम्पनीले सन् २०२१ को अक्टोबरसम्म महाराजगञ्ज वितरण केन्द्र अन्तर्गतका बालुवाटार, पानीपोखरी, बूढानीलकण्ठ, टोखा,गोङ्गबु, सामाखुसी, महाराजगञ्ज, धापासी, बसुन्धारा, शिवपुरी, चुनिखेल, सुकेधारा धर्मस्थली लगायतका ठाउँमा दुई सय ५० किमी क्षेत्रको तार भूमिगत गर्नुपर्नेछ ।

यस्तै रत्नपार्क वितरण केन्द्र अन्तर्गतका बाग बजार, पुतलीसडक, न्युरोड, अनामनगर, जमल, लैनचौर, ठमेल, सोह्रखुट्टे, त्रिपुरेश्वर, टेकु, कालीमाटी, थापाथली, माईतीघर, सिंह दरबार, नक्साल, गौशाला, एअरपोर्ट, चावहिल, लाजिम्पाट लगायतका क्षेत्रको दुई सय किमी क्षेत्रमा तार भूमिगत गरिनेछ । सडक धुलाम्य र हिलाम्य भएर नागरिकको आलोचना नआओस् भनेर घिसिङले तार भूमिगत गर्ने जिम्मा पाएको ठेकेदारलाई पनि सचेत गराइसक्नु भएको छ ।

सडक खन्दा आउने फोहोर व्यवस्थापन गर्न, धुलो उड्न नदिन र भईरहेको काम छाेपेर मात्रै गर्न घिसिङले निर्देशन दिनु भएको छ । ‘हाम्रो तर्फबाट गरिदिनुपर्ने सहजी करणमा कुनै कमजोरी रहँदैन, तर जुनसुकै हालतमा यो काम तोकिएको समयमै सकिनु पर्छ भनेर मैले पटक पटक भनेको छु ।’ घिसिङले भन्नुभयो । ‘म आज बेलुकी १० बजे आउँछु र पटक पटक रातिको समयमा छड्के अनुगमनमा आउँछु, म आउँदा काम नभएको देख्नु नपरोस्, फटाफट काम हुनुपर्छ ।’

घिसिङको भनाइ पछि तार भूमिगत गर्ने जिम्मा पाएको भारतीय कम्पनी केईआई इन्डस्ट्रिजका प्रतिनिधिले मुस्कुराउँदै भने, ‘वो तो हो जायगा ।’ तार भूमिगत गर्ने कार्यक्रमको उद्घाटन सकेर धेरै जसो अथिति र विद्युत् प्राधिकरण, सडक विभाग, ऊर्जा मन्त्रालय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय लगायतका निकायका प्रतिनिधि बाहिरिँदा पनि घिसिङले ठेकेदारसँग समयमै काम सक्ने र व्यवस्थित काम गर्नेतर्फ सचेत गराइरहनु भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।