धनकुटामा १० जनाले लिए सीपमूलक तालिम
धनकुटा खबर, ६ फागुन । घरेलु तथा साना उद्योग कार्यालय धनकुटाको आयोजनामा वेटर-वेट्रेस सम्वन्धि एक महिने निःशुल्क सीपमूलक तालिम सम्पन्न भएको छ ।
ह्वाइट हाउस इन्टरनेशनल इन्ट्रिच्यूट अफ होटल म्यानेजमेन्ट धनकुटामा सम्पन्न तालिममा जिल्लाका विभिन्न स्थानका १० जनाको सहभागिता रहेको थियो । समापनको अवसरमा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र समेत वितरण गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल पत्रकार महासंघ धनकुटाका सह–सचिव हरिबहादुर लम्जेल, घरेलु तथा साना उद्योग कार्यालय धनकुटाका प्रमुख दिनेश ढुंगाना लगायतले प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण गर्नु भएको थियो ।

कार्यक्रम वोल्नु हुँदै पत्रकार महासंघ धनकुटाका सहसचिव हरिवहादुर लम्जेलले वर्तमान समयमा सैद्धान्तिक ज्ञान सँगै प्राविधिक तथा व्यवासायिकले रोजगारीको सिर्जना गर्ने भएकोले गर्दा यस्ता तालिम महत्वपूर्ण रहेको बताउँनु भयो । प्राविधिक धारका तालिमले रोजगारीको सिर्जना गर्ने बताउनु भएको थियो ।
तालिमका प्रशिक्षार्थीहरु मध्ये प्रमिला कार्की र रोशन लिम्बुले एक महिने तालिमको अवधिमा सिकेका कुराहरु बताउँनु भएको थियो । घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख दिनेश ढुंगानाले यस्ता तालिम आगामी दिन अझ एडभान्स किसिमले संचालन गर्ने बताउँनु भएको थियो । घरेलु कार्यालयका लेखा प्रमुख तथा तालिम संयोजक गिताचारी आर्चायले संचालन गर्नु भएको समापन कार्यक्रमको अध्यक्षता घरेलु कार्यालयका प्रमुख दिनेश ढुंगानाले गर्नु भएको थियो ।
तालिमका सहभागीहरुलाई ह्वाइट हाउस इन्टरनेशनल इन्ट्रिच्यूट अफ होटल म्यानेजमेन्टका प्रशिक्षकहरुले विभिन्न कोर्षमा सहजीकरण गर्नु भएको थियो ।


