धनकुटाको पाख्रीवासमा यलम्वर पार्क निर्माण गरिदै, प्रदेश संसद विनादेवी राईवाट ६ लाख सहयोग
धनकुटा खबर । धनकुटाको पाख्रीवास नगरपालिका ४ मा यलम्वर पार्क निर्माण गरिदै छ । पाख्रीवासमा पर्यटन प्रवद्र्धनका लागि टेवा पुर्याउन यलम्वर पार्क निर्माण गर्न थालिएको किराँत भाषा उत्थान तथा संरक्षण समितिले जनाएको छ ।
किराँती राजा यलम्वरहाङ्गको करिव ११ फुट अग्लो शालिक सहितको यो पार्क निर्माणका लागि झण्डै ९ लाख लागत लाग्ने अनुमान गरिएको छ । जसमध्ये प्रदेश संसद विनादेवी राईवाट ६ लाख सहयोग प्राप्त भएको र बाँकी संस्था र अन्य श्रोत वाट लगानि गरिने समिति समितिले जनाएकाे छ । यो पार्क चाडै वनाई सक्ने लक्ष छ ।



