धनकुटाका शिवालय मन्दिरहरुमा भक्तजनहरुको घु,ईचो

धनकुटा खबर, फागुन ९ । महाशिवरात्रि शिव मन्दिरहरुमा भगवान शिवको पूजा आराधना गरि मनाईदैछ । यस अवसरमा धनकुटाको पाख्रीवास, हिले लगायतका शिवालय मन्दिरहरुमा पनि भक्तजनहरुको घु,ईचो लाग्यो ।

आज दिउँसो पाख्रीवासमा धार्मिक र्याली निकालिएको थियो । पाख्रीवासको कैलाशनाथ मन्दिर पूजा व्यवस्थापन समितिको आयोजनामा निकालिएको र्यालि वजारको विभिन्न भागको परिक्रमा गरि पून मन्दिर परिसर मै पुगी सभामा परिणत भएको थियो ।

समितिका संयोजक टेक वहादुर कटुवालको सभापतित्वमा भएको कार्यक्रममा पाख्रीवास नगरपालिका वडा नं ४ का वडाध्यक्ष शोवित निरौला, समाजसेवि ज्ञान वहादुर गुरुङ लगायतले शिवरात्रिको वारेमा आ आफ्नो धारणा राखेका थिए । विद्यालयका प्रधानापक, आमासमूहका अध्यक्ष सहित विभिन्न धार्मिक संघ संस्थाका प्रमुख एवम् पदाधिकारीहरुले सहभागिता जनाएको कार्यक्रमको सञ्चालन प्रेम भण्डारीले गर्नुभएको थियो ।

र्यालिमा त्यहाँको सूर्योदय वालानभजन र्कितन समूह सहित अन्य भजन र्कितन समूहहरुको सक्रिय सहभागिता थियो । यता हिलेको रत्न षडेश्वर शिवालय मन्दिर र वक्रकुण्ड पञ्चेश्वर महादेव मन्दिरमा पनि पूजा आराधनाका लागि सयौ भक्तजनहरुको घुँ,ईचो लागेको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।