राजनीतिक अ स्थिरतामा आफ्नो भ विष्य खो ज्नेबाट देशको विकास हुँ दैन : मन्त्री ढकाल

काठमाडौं,फागुन १० ।  उद्योग सङ्गठन मोरङको अगुवाइमा विराटनगरको मुनालपथमा सञ्चालित विराट एक्स्पो २०७६ कृषि तथा औद्योगिक अन्तरराष्ट्रिय प्रदर्शनीको आज समापन भएको छ ।

फागुन २ गतेबाट शुरु भएको सो एक्स्पोमा रु एक अर्बभन्दा बढीको कारोवार भएको र प्रर्दशनीमा नेपाल भारत, बङ्गलादेश र पाकिस्तानका करिब ३४० कक्ष राखिएको थियो । कृषि उत्पादनदेखि अटो पार्टस, मोबाइल्स, खाद्य सामग्री, पाकिस्तानी लत्ताकपडा, पहाडी क्षेत्रमा उत्पादन हुने अल्लो कपडा, कृषि औजार, मोटरसाइकल जस्ता सामग्री प्रर्दशनी एवं बिक्रीमा राखिएको थियो ।

तीन लाखभन्दा बढी उपभोक्ता सहभागी भएको मेलामा हुन्डाइ कम्पनीको पाँच वटा गाडी बिक्री भएको थियो । पायोनियर प्रालिको डिलरले रु २६ लाख मूल्य बराबरको गाडी, टिभिएसका सन्जीव पोखरेलले रु सात लाख ८० हजार मूल्य बराबरको मोटरसाइकल बिक्री गरेको थियो ।

विसं २०५३ देखि यस क्षेत्रमा काशी महोत्सवबाट शुरु भएको प्रदर्शनीको महत्व बढ्दै गएपछि विराटनगर क्षेत्रमा औद्योगिक पर्दशनी केन्द्रको निर्माण हुनुपर्ने उद्योगीले माग गर्दै आएको छ । यसमा प्रदेश सरकार, विराटनगर महानगरपालिका र उद्योग सङ्गठन मोरङ तथा मोरङ व्यापार सङ्घले साझेदारी गर्ने भएको छ ।

समापन समारोहमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले प्रदर्शनीले देश र देशबाहिर नेपालको क्षमता, दक्षता तथा योग्यता पु¥याउन मद्दत गर्ने बताएका छन् । उनले यस किसिमको प्रदर्शनीले उपभोक्ता एवं उद्योगीलाई उत्साहित बनाउने तर्क गर्दै राजनीतिक अस्थिरतामा आफ्नो भविष्य खोज्नेबाट देशको विकास नहुने बताए ।

मन्त्री ढकाले कोशी अस्पतालको स्तरोन्नति गर्न सङ्घीय सरकारले स्पष्ट दृष्टिकोणसाथ अघि बढ्ने भन्दै अस्पतालमा काम राम्रो नगर्ने र क्लिनिकमा गएर सेवा प्रदान गर्ने चिकित्सकलाई नियमन गर्ने बताए । अस्पताललाई उन्नत र राम्रो बनाउने मेरो पनि चाहना भएको भन्दै मन्त्री ढकालले जनताका सेवामा समर्पित रहन पेशाकर्मी एवं राजनीतिक दलका प्रतिनिधिलाई आग्रह गरे ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले गरिब एवं विपन्न परिवारको उपचार गर्ने हिसाबले कोशी अस्पताललाई शिक्षण अस्पताल बनाउन माग गरे । उद्योग सङ्गठन मोरङका अध्यक्ष भीम घिमिरेले निजी क्षेत्रले सरकारको हरेक क्रियाकलापमा साथ दिइरहेकोले निजी क्षेत्रको उत्थानका निम्ति सरकार उदार भएर आउनुपर्ने बताए । रासस

 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।