म,हिलाको सहभागीता बिना कुनै पनि अभियान सफल हुँदैन

धनकुटा खबर, फागुन १० । म,हिला हि,सांन्यूनिकरण गर्न राजनैतिक दलको महत्वपूर्ण भूमिका हुने एक कार्यक्रमका सहभागीहरुले वताएकाछन् । अन्तरपाटी म,हिला सञ्जालले आज धनकुटामा आजोजना गरेको म,हिला हिं,सान्यूनिकरणमा राजनैतिक दलको भूमिका विषयक अन्र्तक्रिया कार्यक्रमका सहभागी सरोकारवाला निकायका प्रमुख तथा प्रतिनीधिहरुले त्यस्तो वताएकाहुन् ।

उनिहरुले आर्थिक क्रा,न्ति सफल पार्न म,हिलाको महत्वपूर्ण योगदान आवाश्यक रहेको समेत वताएकाछन् । कार्यक्रममा १ नम्वर प्रदेश सभाका सांसद लिला सुब्बाले म,हिलाहरुलाई राज्यले उपेक्षा गरेको भन्दै म,हिलाहरुलाई राज्यको महत्वपूर्ण निकायहरुमा अनिवार्य सहभागीता गराउनु पर्नेमा जोड दिनु भयो ।

सो अवसरमा धनकुटा नगरपालिकाका उप-प्रमुख सकुन्तला वस्नेत, धनकुटाका प्रमुख जिल्ला अधिकारी डा.कृष्ण वहादुर घिमिरे, नेपाली कांग्रेस धनकुटका सचिव विजय सन्तोषी राई, नेकपा धनकुटका सचिवालय सदस्य मन कुमारी तितुङ्ग, लगायतले महिलाको सहभागीता बिना कुनै पनि अभियान सफल नहुने भएकाले आर्थिक क्रा,न्तिमा म,हिलाहरुको नेतृत्वदायी भूमिका आवाश्यक रहको वताएकाछन् ।

अन्तरपाटी महिला सञ्जालका अध्यक्ष पार्वती राईको अध्यक्षतमा सम्पन्न कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै कार्यक्रम सञ्चालन सचिव सुमना तिम्सिनाले गर्नु भएको थियो । स्वागत मन्तव्य संस्थापक अध्यक्ष टिकादेवी भण्डारीले राख्नुभएको थियो । कार्यक्रमका महिला अधिकार र मुक्तिको उत्कृष्ट कविता वाचन लोका रिजाल, अमृता तामाङ्ले गर्नु भएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।